युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’

मेचीनगर । झापाको मेचीनगरमा युवाको सक्रियतामा मेचीनगरमा ‘कोभिड हेल्प डेक्स’ सञ्चालन भइरहेको छ । कोरोना भाइरसका कारण जनजविन अस्तव्यस्त बनिरहेका बेला मेचीनगरका बिभिन्न स्थानमा ‘कोभिड हेल्प डेक्स’ स्थापना भएको हो ।
मेचीनगरमा क्रियाशिल बिभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा ‘युथ नेटवर्क फर कोभिड रेसपोन्ज’ नामक अभियानले ‘कोभिड हेल्प डेक्स’ सञ्चालन गरेको हो । मेचीनगरको धाइजन चोक, लालपानी, दनवार वस्ती, खयरडाँगी चर्च नजिक, शान्ति चोक, धुलावारी स्वास्थ्य चोकी, प्रगती टोल, धुलावारी बजार सिरानलगायत ८ स्थानमा ‘कोभिड हेल्प डेक्स’ १५ दिन देखी सञ्चालन गरिएको छ । अभियानमा अहिले २४ जना युवाहरु सक्रियपुर्वक सहभागी रहेका छन् ।
हेल्पडेस्कबाट निःशुल्क मास्क, सैनिटाइजर र बिशेषज्ञ डक्टर र स्वास्थकर्मीहरुबाट परामर्शको सेवा उपलब्ध छ । साथै, बिभिन्न जनचेतनामुलक पोस्टर स्वास्थमा सजकता ल्याउने सन्देशमुलक सामग्रीहरु पनि टासीएका छन ।
‘कोरोना संक्रमणको दर वद्दो अबस्थामा रहेकाले छ ।’ अभियनकर्ता धुलाबारी फुटसल एरेनाका संचालक अभिषेक बिष्टका भन्छन–‘मेचीनगरमै आइसुलेसन सञ्चालन गर्ने हाम्रो योजना रहेको छ ।’

धुलाबारी । जेनजी आन्दोलनको क्रममा तोडफोड भएको मेचीनगर–१०...

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...