औषधि बोकेर संक्रमितको घर–घरमा बडाध्यक्ष धिमाल
सहरेडाँगी । झापाको मेचीनगर नगरपालिका बडा नम्वर १२ का वडा अध्यक्ष नरेन्द्र धिमालले वडा भित्र होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घर–घरमा पुग्न थालेका छन् । कोरोना संक्रमण भएका बेला आबश्यक पर्ने औषधी लिएर वडा अध्यक्ष धिमाल संक्रमितको घर–घरमा पुग्न थालेका हुन् ।

मेचीनगर–१२ मा हाल १३ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । उनीहरुलाई आवश्यक पर्ने चिकित्सक औषधि परामर्श दिन थालिएको वडा अध्यक्ष धिमालले बताए । पहिलो चरण अन्तरगत संक्रमितलाई आबश्यक पर्ने चिकित्सक औषधि बितरणका साथसाथै परामर्श दिन थालिएको उनले बताए ।

यो अभियान अन्तरगत कोरोना संक्रमितको मनोबल थप उच्च हुनेमा आफु बिश्वस्त रहेको उनले बताए । संक्रमितको अबस्था हेरी थप सहयोग गरिने उनले बताए । टोलीमा मेचीनगर–१२ की फोकस पर्सन तथा स्वास्थ्यकर्मी सृजना अधिकारीलगायतको सहभागीता रहेको वडा अध्यक्ष धिमालले बताए ।
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...

