कोभिड १९ नियन्त्रण सम्बन्धी अत्यन्त जरुरी सूचना
बिश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहर नेपालमा पनि तिब्र रुपमा फैलिरहेको छ । भारतसंग सिमाना जोडिएको मेचीनगर नगरपालिका क्षेत्रमा समेत संक्रमणको उच्च जोखिम रहेकाले कोरोना संक्रमण नियन्त्रणका लागि मेचीनगर नगरपालिकाले सर्बसाधारण र सरोकारवाला सबैका लागि निम्नानुसार गर्न गराउन हुन यो सूचना जारी गरेको छ।
१) छिमेकीदेश भारतमा कोरोनाको संक्रमण भयावह रुपमा फैलिएकाले कोही कसैले पनि भारत आवत जावत नगर्ने / नगराउने ।
२) भारत लगायत अन्यदेशबाट नेपाल प्रवेश गर्ने जो कोहीले अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाईनमा बस्नु पर्ने ।
३) पुराण, बिवाह, ब्रतबन्ध, मृत्यु संस्कार लगायतका धार्मिक कार्य गर्दा परिवारका सदस्यहरु मात्रै भेला भएर कार्य सम्पन्न गर्ने ।
४) बिद्यालय, कलेज लगायतका शैक्षिक संस्थाहरुको पठन पाठन बैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित भएर नगर्ने /नगराउने ।
५) सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, आमसभा, जुलुस, हाटबजार, दर्शक सहित रगंशालामा हुने खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम २०७८ बैशाख मसान्तसम्म बन्द गर्ने ।
६) मठ, मन्दीर, मञ्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बैशाख मसान्तसम्म नित्य पुजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने ।
७) कुनै पनि कार्यक्रम गर्दा एक पटकमा २५ जना भन्दा बढी मानिस भेला नहुने, कुनै पनि सामान अनावश्यक नछुने, दुई ब्यक्तिको बीचको दुरी दुई मिटर कायम गर्ने, अनिवार्य मास्क लगाउने, पटक पटक साबुन पानीले हात धुने, वा सेनिटाइजरको प्रयोग गर्ने, डिपाटमेण्टल स्टोर वा पसल सञ्चालन गर्नेले अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्ने गराउने।
८) सबैखाले सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनमा मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने गराउने ।
९) सवारी चालक र सहचालकले मास्क र भाइजर अनिवार्य लगाउने । मास्क नलगाउने ब्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने।
१०) होटल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउने, सबै सेवाग्राहीलाई अनिवार्य मास्कको प्रयोग गर्ने गराउने ।
११) सबैखाले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्ने, होटल तथा रेष्टुरेन्टमा सामाजिक दुरी कायम गर्ने तथा मास्क नलगाएकासेवाग्रहीलाई प्रवेशमा रोक लगाउने ।
१२) बैंक तथा बित्तिय संस्थाहरुमा इलेक्ट्रोनिक टोकन प्रणाली बन्द गर्ने र भिडभाड नगराइ सेवा प्रदान गर्ने तथा सेवाग्राहीलाई मास्क र सेनिटाइरजको अनिवार्य प्रयोग गर्ने गराउने ।
१३) नगरभित्रका सबै सेवा प्रदायक संघ संस्था तथा कार्यालयहरुले सेवाग्रहीका लागि अनिवार्य साबुन पानीले हात धुने ब्यवस्था गर्ने गराउने ।
१४) यसभन्दा बाहेकका बिषयमा नेपाल सरकार मन्त्रिपरिषदको २०७८ बैशाख ६ गतेको निर्णय बमोजिम गर्ने गराउने ।
१५) नगरपालिकाले जारी गरेको सूचनालाई उल्लघंन गरेको पाइएमा रोग निवारण ऐन २०२० बमोजिम कारबाही हुने समेत जानकारी गराइन्छ ।

काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रमलाई लिएर...
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
