नेकपा (एमाले) हल्दीबारीले स्वास्थ्य शाखालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने

नेकपा (एमाले) हल्दीबारीले स्वास्थ्य शाखालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने
- नेपाल कम्युनिस्ट पार्टी (एमाले) हल्दीबारी गाउँ कमिटीको हिजो जेठ-२६ गते बसेको विशेष बैठकले विश्वव्यापी कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण, उपचार र लकडाउनको कारणले रोजगारी गुमाउन बाध्य दैनिक ज्यालादारी गर्ने गरिब, विपन्न घरपरिवारका नागरिकहरुलाई राहत समेत वितरण गर्ने उदेश्यले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको नेकपा एमाले हल्दीबारी गाउँ कमिटीका अध्यक्ष हरी गौतमले जानकारी दिए ।
बैठकले अक्सिजनको अभावमा कोरोना संक्रमितहरुको उपचारमा भइरहेको कठिनाइलाई मध्यनजर गर्दै केही थान अक्सिजन सिलिन्डरको व्यवस्थापन गरि हल्दीबारी गाउँपालिकाको स्वास्थ्य शाखालाई हस्तान्तरण गर्ने निर्णय गरेको अध्यक्ष गौतमले बताए ।
त्यस्तै गरि लकडाउनको कारणले रोजगारी गुमाउन बाध्य दैनिक ज्यालादारी गर्ने गरिव विपन्न परिवारका नागरिकहरुलाई भोकबाट बचाउनका लागि लाभग्राहीहरुको पहिचान गर्न सम्बन्धित वडा कमिटीका इन्चार्ज, अध्यक्ष र सचिव रहेको समिति गठन गरि सो समितिको सिफारिसको आधारमा गाउँ कमिटीको तर्फबाट खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्ने,
कोरोना भाइरस संक्रमित व्यक्तिहरुको उपचारमा जिल्ला व्यापी रुपमा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै आगामी असार-१४ गते ७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु हल्दीबारी गाउँ कमिटीको आयोजनामा रक्तदान कार्यक्रम गर्ने,
नयाँ – नयाँ रोगहरुको बढ्दो प्रकोप, अस्पतालको पहुँचमा असहजता र गरिव विपन्न नागरिकहरुको सुविधालाई मध्यनजर गर्दा हल्दीबारी गाउँपालिकामा एक अस्पताल आवश्यक देखिएको तथा नेपाल सरकारको सबै स्थानीय तहहरुमा ५/१०/१५ शैयाको अस्पताल निर्माण गर्ने नीति अनुरुप गाउँपालिका स्तरीय अस्पताल निर्माणका लागि ठेक्का प्रकृया अगाडि बढिरहेकोले अस्पताल निर्माण सम्पन्न नहुन्जेलका लागि हल्दीबारी-२ मा निर्माण सम्पन्न भएको जनता आवास कार्यक्रम अन्तर्गतको १३ वटा घर प्रयोग गरि तत्काल गाउँपालिका स्तरीय आकस्मिक अस्पताल संचालन गरि नेपाल सरकारको स्वास्थ्य वीमा कार्यक्रम मार्फत नागरिकहरुले पाउने औषधि र उपचारको व्यवस्था मिलाउन गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने,
गाउँपालिका क्षेत्रका कोरोना संक्रमित बिरामीहरुलाई हल्दीबारी बाहिर उपचारको क्रममा केही कठिनाई आई परेमा सो का लागि आवश्यक सहयोग तथा सहजिकरण गर्ने व्यवस्था मिलाउन जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीको संयोजकत्वमा, गाउँ कमिटी इन्चार्ज नरेश चुडाल र जिल्ला कमिटी सदस्य एवंम् हल्दीबारी गाउँपालिकाका प्रवक्ता सागर पोर्तेल सदस्य रहेको कोरोना संक्रमित उपचार सहयोग तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष गौतमले जानकारी दिए ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...