मेचीनगरसहित झापाको पाँच पालिकामा सेना परिचालन
झापा । कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए ।
गत वर्ष समेत कोभिड–१९ को महामारी तीब्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।
सेनाले बनाउन थाल्यो होल्डिङ सेन्टर
नेपाली सेनाले काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ । श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमाण्डमा गएको टोलीले काँकडभिट्टा खेलमैदानमा शुक्रबारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माणको काम शुरु गरेको हो ।
पहिलो दिन सेनाको टोलीले खेलमैदानको आधा भाग ओगट्ने गरी रेखाङ्कन गरेको छ भने बाँसलगायत सामग्री किनेर घेराबेरा बनाउन थालेको छ । यहाँ एक हजार क्षमताको होल्डिङ सेन्टर बन्न लागेको हो ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
