खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगरलाई
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज सम्पन्न भएको गोल्डकपको फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको हो ।
मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६ औं र ३६ औं मिनेटमा गोल गरेका थिए । गोल्डकपको विजेता मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण(पत्र पुरस्कार पायो । उपविजेता बनेको शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार र ट्रफि पुरस्कार पाँए । मेचीनगरका विशाल दर्जी उत्कृष्ट डिफेन्डर बन्दा, मेचीनगरकै सनम भुजेल सर्वाधिक गोलकर्ता बने । उनले प्रतियोगितामा ७ गोल गरेका थिए । मेचीनगरका युवराज पुरी उत्कृष्ट गोलकिपर बन्दा, मेचीनगरका टिम कोच ससेन्द्र धिमालले बेष्ट कोचको पुरस्कार हात पारे । त्यस्तै आयोजक टिमका सौरव विक प्रतियोगिताको उदयीमान खेलाडी घोषित भए । उनीहरु सबैले जनही नगद ७ हजार र ट्रफि पुरस्कार पाए । फाइनल खेलको नायक बनेका लक्षु थापाले बेस्ट प्लेयर अफ दि फाइनलको पुरस्कार पाए । उनले नगद ५ हजार र ट्रफी हात पारे ।

विजेता, उपविजेता र विधागत पुरस्कार पाउँने खेलाडीहरुलाई प्रतियोगिताका संयोजक सिताराम भट्टराई, अर्जुनधाराका मेयर बलदेवसिंह गोम्देन तामाङ, शिवसताक्षीका मेयर मेगाहाङ थोप्रा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा(१ का वडाअध्यक्ष उपेन्द्र बस्नेत, अर्जुनधारा-२ का वडाअध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, प्रतियोगिताका खेल संयोजक धनबहादुर तामाङ, आर्थिक संयोजक डुण्डीराज गौतम लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको चौंथो खुदुनाबारी गोल्डकपको समापन समारोहमा खेल क्षेत्र र खुदुनाबारीको समग्र विकासका लागि योग्दान गर्नुहुने व्यत्तिहरु मदन बिक्रम नेम्वाङ, कर्मेन्द्र बिक्रम नेम्वाङ, राजेन्द्र बहादुर गौतम, गोबिन्दराज काफ्ले र युवराज महतलाई सम्मान गरिएको थियो । गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो ।

झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
