एनएमसी इटाभट्टाको ३१ औं साधरणसभा
इटाभट्टा । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) ले इटाभट्टा शाखाको साधरण सभा सम्पन्न गरेको छ । एनएमसीले आज इटाभट्टा शाखासँगै मेची क्षेत्रको सम्पूर्ण शाखाको साधरण सभा सम्पन्न गरेको हो ।
इटाभट्टा शाखाको साधरण सभाको अध्यक्षता शाखाको सञ्चालक समितिको संयोजक कुमार ठाकुरले गरेका थिए भने प्रमुख अतिथिको रुपमा मेचीनगर–७ का वडा अध्यक्ष प्रलादमणी ओलीको उपस्थिति रहेको थियो । यसैगरी अतिथिहरुमा संस्थाको सञ्चालक समिति सदस्य पवित्रा न्यौपाने, लेखा सुपरीवेक्षण समिति संयोजक रचना दाहाल, संस्थाको पूर्व वरिष्ठ उपाध्यक्ष तथा जेष्ट नागरिक समितिका संयोजक नारायण कोइराला, मेची क्षेत्रीय उपसमिति सदस्य बासु कोइराला र डेरी व्यवसाय संचालक समिति सदस्य रमा भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन सञ्चालक समिति सदस्य पवित्रा न्यौपानेले गरेकी थिइन् भने लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक रचना दाहालले प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिले मात्र मन्तव्य तथा शुभकामना राखेका थिए । वडा अध्यक्ष ओलीले सहकारीले समाजमा पारेको सकरात्मक प्रभावको बारेमा बताउँदै स्थानीय सरकारसँग सहकार्य गरेर अझैं धेरै सकरात्मक काम गर्न शुभकामना दिएका छन् । साथै आम उपस्थित सदस्यहरुलाई सहकारीमा लाग्न र यसबाट फइदा लिन पनि सुझाव दिए ।

इटाभट्टा शाखाकी सञ्चालक समिति सदस्य केन्द्र कुमारी भण्डारीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम इटाभट्टा शाखा कार्यालय प्रमुख रिता प्रधानले गरेकी थिइन् ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
