सहारा नेपाल साकोस : प्रधानांगलाई ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’
विर्तामोड । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु. एक लाख एक हजार नगदराशीको ‘राष्ट्रिय व्यक्तित्व पुरस्कार’ सहकारी विज्ञ कैलाशभक्त प्रधानांगलाई प्रदान गर्ने भएको छ । हरेक दुई वर्षमा सहाराले प्रदान गर्दै आएको यो पुरस्कार यसवर्ष नेपाल बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष समेत रहेका भक्तपुर निवासी प्रधानांगलाई दिने आज निर्णय भएको सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।
यही कात्तिक १८ गते विर्तामोडमा सहकारीको साधारणसभामा उक्त पुरस्कार वितरण गरिने भएको छ । यसअघि लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ र सहकारी अभियन्ता केशव बडाल उक्त पुरस्कारबाट सम्मानित भइसक्नु भएको छ । सहकारी विज्ञ प्रधानांगले सहरमा भन्दा गाउँमा सहकारी खोल्नु पर्ने र राज्यको नियमन कमजोर बन्दा हाल विकृतिले मौलाउने अवसर पाइरहेको धारणा राख्ने गरेका छन् । गरीवका लागि सहकारी अभियान बरदान सावित हुनेमा उनले जोड दिदै आएका छन् ।
विर्तामोडमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मोहम्मद युनुस सहकारी पुरस्कार समेत प्रदान गर्दै आएको छ । सहकारीको सदस्य भएर जीवनस्तरमा उल्लेखनीय परिवर्तन ल्याउनेलाई उक्त पुरस्कार प्रदान गरिदै आएको छ ।
सहारा सहकारीको यही असोज मसान्तसम्मको प्रतिवेदन अनुसार सदस्य संख्या रु. एक लाख ५७ हजार ९२० पुगेको छ भने कूल बचत रु. ११ अर्ब ३८ करोड ५१ लाख एक हजार ८१४ र शेयर पूँजी रु. एक अर्ब ६५ करोड ५७ लाख ४५ हजार ९०० रहेको सहकारीका निर्देशक लक्ष्मण खतिवडाले बताए ।
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...
काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
