युनिक स्कूलमा सरस्वती पूजाका दिन भर्ना निःशुल्क
मेचीनगर । शैक्षिक क्रियाकलापमा अब्बल मेचीनगर–१२, सहरेडाँगीको युनिक इङलिस बोर्डिङ स्कुलले सरस्वती पूजाका दिन निःशुल्क विद्यार्थी भर्ना अभियान चलाउने भएको छ ।
यो वर्ष सरस्वती पूजा यही फागुन ४ गते परेको छ । सो दिन विद्यार्थी भर्ना हुन आउनेलाई जुनै कक्षामा पनि निःशुल्क गरिएको प्रिन्सिपल विष्णुप्रसाद रिमालले बताए । कोरोना महामारीको असर परिरहेको यो बेला विद्यार्थीलाई राहत दिन सरस्वती पूजाका दिन निःशुल्क भर्ना सञ्चालन गरिएको उनले बताए । ‘हामीले एक दिनका लागि मात्रै निःशुल्क विद्यार्थी भर्ना चलाएका छौँ,’ उनले स्पष्ट पारे ।

२०६१ सालमा स्थापना भएको युनिक स्कूलमा हाल ४३० विद्यार्थी अध्ययनरत् छन् । चौथो वर्षको एसइई परीक्षा दिइसकेको उक्त स्कूल सहरेडाँगी क्षेत्रको उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा पनि स्थापित छ । कोरोनाको असरले गर्दा कतिपय विद्यार्थी घरैमा बसेको अवस्था रहेको उनको भनाइ छ ।
एकल स्वामित्वमा सञ्चालित युनिक स्कूलमा ३ करोड लगानी भएको छ । प्रिन्सिपल रिमाल सानै उमेरदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन् । उनकै लगानी र मेहनतबाट युनिक स्कूलले शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेको छ ।
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
