व्यवसायीका ‘सच्चा साथी’ बनेर उभिएका भिम
मेचीनगर । युवा व्यवसायीमाझ लोकप्रिय भिम विष्ट कुशल व्यवसायी हुन् । उनी मेची उद्योग वाणिज्य संघको भोलि हुने निर्वाचनमा कार्यसमिति सदस्य पदमा उठेका छन् । युवालाई व्यवसायमा जोडेर अघि बढ्नु पर्छ भन्ने पवित्र भावना बोकेका विष्ट धुलाबारी बजारमा हार्डवेयर पसल सञ्चालन गर्छन् ।
व्यवसायी होस् वा साथीभाई भनेपछि मरिहत्ते गर्ने विष्टले ६ वर्ष अघिबाट व्यवसायमा हात हाले । वैदेशिक रोजगारीमा कमाएको केही सम्पत्ति उनले हार्डवेयर पसलमा लगानी गरे । सुरुवाती अवस्थामै हार्डवेयर पसलमा धेरै पैसा लगानी गरेका विष्टले आफ्नो व्यवसायलाई थप विस्तार गरेका छन् भने केही स्थानीय युवालाई पसलमै रोजगारीसमेत दिएका छन् ।
पसलबाट कमाएको केही मुनाफा उनले सामाजिक क्षेत्रमा खर्चिएका छन् । व्यवसायीका पीडा बुझेका विष्टले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पनि गरेका छन् । व्यवसायीमाझ परेको विपत्तिमा उनले मलमपट्टी लगाइदिने गरेका छन् ।
व्यवसायी विष्टलाई थाह छ, व्यवसाय गर्दाका दुःख, अभाव र पीरमर्का । त्यसैले वाणिज्य संघमा उनले उपस्थिति खोजेका हुन् । वाणिज्य संघको सदस्यमा विजयी भएपछि व्यवसायीको पक्षमा काम गर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्न मेरो भूमिका सधैँ रहनेछ ।’
सदस्य पदका उम्मेदवार विष्ट आफूले जित्नेमा विश्वस्त छन् । सामाजिक संघसंस्थाको नेतृत्वदायी भूमिका र व्यवसायीका सच्चा साथी बनेर उभिएकाले उनको जित्ने आधार बनेको छ । विष्टले राइजिङ युथ अफ मेचीनगर अध्यक्ष तथा अन्य थुप्रै संघसंस्थाको नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
धुलाबारी । मेची उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्न...
झापा । मेचीनगर–८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेलमैदानमा जारी...
इटाभट्टा । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
मेचीनगर । मेचीनगरमा कक्षा-८ काे आधारभूत तहकाे परिक्षामा एक...
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
