कार्कीले दिए भुटियालाई हात्ती उपहार
कोलकाता । भारतका पुर्व राष्ट्रिय फुटबल टिमका क्याप्टेन भाइचुङ भुटियालाई पाँचौ अन्तर्राष्ट्रिय सुन्तला महोत्सवको अवसरमा नेपाली टोलीको तर्फबाट अर्जुनकुमार कार्कीले हात्तीको तस्बिर अंकित उपहार प्रदान गरेका छन् ।
शुक्रबारदेखि कोलकाताको साँल्ट लेक सिटिसेन्टरमा सुरू भएको महोत्सवको अन्तिम दिन आज महोत्सव स्थलमा भुटियालाई उपहार प्रदान गरिएको हो ।
एसोसिएसन फर कंजरभेसन एण्ड टुरिजम नेपालका संयोजक समेत रहेका कार्कीले हात्तीबाट प्रभावित क्षेत्रमा हात्ती प्रकोप जनचेतनाका लागि भुटियालाई दुतको रूपमा कार्य गरिदिन अनुरोध गरे ।
भुटियाले उपहार ग्रहण गर्दै परिवासहित नेपाल भ्रमण गर्ने बताए ।
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...


