धुलाबारीमा हुने कार्यक्रममा सहभागी हुनेछु –केपी शर्मा ओली
मेचीनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धुलाबारीमा सम्बोधन गर्ने भएका छन् । झापा क्षेत्र नं १ को आयोजनामा हुने भएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् ।
मंगलबार चुनाव प्रचार प्रसारक क्रममा गृह जिल्ला झापा आएका ओली अस्वास्थ भएपछि घरमै आराम गरिरहेका छन् । स्वास्थ्यमा समस्या आएपछि हिजोको केही कार्यक्रमहरु स्थगित भएका थिए । तर आजको कार्यक्रम भने स्थगित नभएको र कार्यक्रम अध्यक्ष ओलीले सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।

कार्यक्रममा राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेन र ओलीले सम्बोधन गर्ने छन् । विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि तीन दिने गृह जिल्ला आएका अध्यक्ष ओली भोली ३ गते दिउसो २.५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


