धुलाबारीमा हुने कार्यक्रममा सहभागी हुनेछु –केपी शर्मा ओली

मेचीनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धुलाबारीमा सम्बोधन गर्ने भएका छन् । झापा क्षेत्र नं १ को आयोजनामा हुने भएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् ।
मंगलबार चुनाव प्रचार प्रसारक क्रममा गृह जिल्ला झापा आएका ओली अस्वास्थ भएपछि घरमै आराम गरिरहेका छन् । स्वास्थ्यमा समस्या आएपछि हिजोको केही कार्यक्रमहरु स्थगित भएका थिए । तर आजको कार्यक्रम भने स्थगित नभएको र कार्यक्रम अध्यक्ष ओलीले सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।
कार्यक्रममा राप्रपा का अध्यक्ष राजेन्द्र लिङदेन र ओलीले सम्बोधन गर्ने छन् । विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि तीन दिने गृह जिल्ला आएका अध्यक्ष ओली भोली ३ गते दिउसो २.५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।

मेचीनगर । नेपालको पूर्वी भेगमा अवस्थित मेचीनगर नगरपालिका...

मेचीनगर । मेचीनगर नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य उपचारलाई...

अहिले कोशी प्रदेश पर्यटन वर्ष २०८२ चलिरहेको छ...

कमल । झापाको कमल गाउँपालिकाले आज सार्वजनिक सुनवाई...

बिर्तामोड । २०७४ सालमा निदि सेकेन्डरी स्कुलले जब...

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...