२४ दिनपछि पुस्तकमा आयो मेचीनगरको बजेट
मेचीनगर । मेचीनगर नगरपालिकाले बजेट पुस्तिका आज सार्वजनिक गरेको छ । नगरप्रमुख गोपाल बुढाथोकी र उपप्रमुख मीना उप्रेतीले आज नगर कार्यपालिकाको बैठकमा बजेट पुस्तिका सार्वजनिक गरेका हुन् ।
असार १० गते बसेको दोस्रो नगरसभाको पहिलो बैठकमा नगरकी उपप्रमुख मीना उप्रेतीले प्रस्तुत गरेको आव २०७९/०८० को बजेट असार २३ गते बसेको दोस्रो बैठकले संशोधनसहित अनुमोदन गरेको थियो ।

बजेट पास भएको २४ दिनपछि नगरपालिकाले पुस्तिका छपाएर सार्वजनिक गरेको हो । सो अवसरमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यपालिकाको बैठक चलिरहेको बेला केहीबेर बैठक रोकेर बजेट पुस्तिका सार्वजनिक गरिएको थियो । नगरप्रमुख बुढाथोकीले आम नगरबासीले बजेट बारे थाहा पाउन् भनेर पुस्तिका सार्वजनिक गरिएको बताए ।
नगरपालिकाले आव २०७९/०८० का लागि १ अर्ब ४८ करोड ४३ लाख ६६ हजार ४५८ रुपैयाँ ३४ पैसा बराबरको बजेट अनुमोदन गरेको हो ।
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
काकडभिट्टा । सीमा सहजीकरण तथा सीमावर्ती क्षेत्रमा हुन...
मेचीनगर । झापाको मेचीनगरमा सञ्चालित पाँचतारे होटल मेची...
झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल...
