मेचीनगर नगर सभा : सूचनाको हकमाथि ‘नाकी कस्दै’
मेचीनगर । मेचीनगर नगरपालिकाले विहीबारको नगर सभामा सञ्चारकर्मीलाई थाहा नदिई बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको नगर सभा नगर कार्यालयमा सम्पन्न भएको हो ।
हरेक वर्ष नगरले बजेट सार्वजनिक गर्दा आम सञ्चाकर्मीलाई बोलाउने प्रचलनलाई यसपाली लत्याइएको छ । जनतालाई सही जानकारी र सूसुचित गराउन सञ्चारमाध्यमलाई रिपोर्टिङ गर्न आमन्त्रण गरिन्छ । तर, मेचीनगरले विहीबार सञ्चारकर्मीलाई खबर नै गरेन । जसका कारण आम मेचीनगरबासीले जानकारी पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।
केही पत्रकार ‘नगर सभा अरे’ भन्दै नगरपालिका पुगेका थिए । तर, केही क्षण बसेर उनीहरु फर्किएका थिए । नगर सभामा पुगेका मेचीनगरका एक सञ्चारकर्मीले भने, ‘स्थानीय सरकारले सूचनाको हकमा बन्देज लगाउने काम भएको जस्तो देखियो । जसले गर्दा आम नगरबासीलाई सही सूचना दिन नसक्ने अवस्था सिर्जित भएको छ ।’
आम नगरबासीको भाग्य र भविष्य जोडिएको बजेट प्रस्तुत हुने कार्यक्रममा नगर क्षेत्र भित्रै सञ्चारकर्मीहरुलाई थाहा नदिनु भनेको कतै मेचीनगर नगरपालिकाले सूचनाको हकमाथि ‘नाकी कस्दै त छैन’ भन्ने आशंका सिर्जना भएको छ ।
मेचीनगर । मेचीनगरका काँकडभिट्टा, धुलाबारी, चारआलीलगायत प्रमुख बजार...
मेचीनगर । मेचीनगरमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि...
मेचीनगर । मेचीनगर नगरपालिकामा वैदेशिक स्रोतबाट सञ्चालित गैरसरकारी...
झापा। रतुवामा जस्तै झापाको निन्दा , बिरिङ र...
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रका कर्मचारीमाथि...
मेचीनगर । मेचीनगर मेचीनगर–३ निवासी रिदम दनुवार लामो...
