यो बर्ष ऐतिहासिक ठूटेबर मेला नलाग्ने
शान्तिनगर । परापूर्व कालदेखि झापाको शान्तिनगरमा लाग्दै आएको ऐतिहासिक ठूटेबर मेला यस पटक नलाग्ने भएको छ । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटन मेलाका रुपमा ठूटेबर मेला परिचित छ ।

बुद्धशान्ति–६ ९साविक शान्तिनगर–९० मा लाग्दै आएको मेला यस पटक विश्वव्यापी कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै नलाइने निर्णय भएको मेला समिति सचिव सोमनाथ पौड्यालले जानकारी दिए । कार्तिक पूर्णिमाका दिन मेला लाग्ने गर्ने गरेकोमा यस पटक कोरोनाका कारण स्थगित गरिएको बताइएको छ । यस पटक मंसीर १५ गते कार्तिक पूर्णिमा परेको छ ।
मेला भर्न आन्तरिक पर्यटकको घुँइचो हुने गरेको शान्तिनगर यस पटक भने विश्वव्यापी कोरोना भाइरसका कारण कार्तिक पूर्णिमामा सुनसान हुनेछ ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
