रहिसाको जन्मोत्सव : बाल उद्वार केन्द्रलाई १ लाख सहयोग
 
 मेचीनगर । मेचीनगर–६ की समाजसेवी रहिसा गुरागाँईले आफ्नो जन्मदिनको अवसरमा स्थानीय जागृत बाल उद्वार केन्द्रलाई नगद एक लाख रुपैयाँ सहयोग गरेकी छन् ।
उनले आफ्नो जन्मदिनमा बाल केन्द्रमै बालबालिकासँग जन्मोत्सव मनाएकी थिइन् । शुक्रबार रहिसा २३ वर्ष पुराभई २४ वर्षमा प्रवेश गरेकी उनकी आमा नम्रता गुरागाँईले बताइन् ।
उनले केन्द्रकी सञ्चालक गीता खनाललाई बालबालिकाको सहयोगका लागि नगद १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन् ।
रहिसाका श्रीमान आदित्य अधिकारी हाल अमेरिकामा छन् । रहिसाको जन्मदिनमा बाल केन्द्रलाई सहयोग गर्न भनेर आदित्यले सो रकम पठाईदिएको बताईएको छ ।
 
            काँकरभिट्टा । मितेरीले विरामीलाई काठमाडौंसम्म सुतेर जान मिल्ने...
 
            झापा । फूलपातीदेखि प्रदर्शनमा आएका तीन फिल्ममध्ये ‘हरिबहादुरको...
 
            मेचीनगर । युथ फर सोसाइटी मेचीनगरको आयोजनामा यही...
 
            मेचीनगर । शनिबार राति आएको बाढीले झापाका पच्चिस...
 
                                                    


