रहिसाको जन्मोत्सव : बाल उद्वार केन्द्रलाई १ लाख सहयोग
मेचीनगर । मेचीनगर–६ की समाजसेवी रहिसा गुरागाँईले आफ्नो जन्मदिनको अवसरमा स्थानीय जागृत बाल उद्वार केन्द्रलाई नगद एक लाख रुपैयाँ सहयोग गरेकी छन् ।
उनले आफ्नो जन्मदिनमा बाल केन्द्रमै बालबालिकासँग जन्मोत्सव मनाएकी थिइन् । शुक्रबार रहिसा २३ वर्ष पुराभई २४ वर्षमा प्रवेश गरेकी उनकी आमा नम्रता गुरागाँईले बताइन् ।
उनले केन्द्रकी सञ्चालक गीता खनाललाई बालबालिकाको सहयोगका लागि नगद १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन् ।
रहिसाका श्रीमान आदित्य अधिकारी हाल अमेरिकामा छन् । रहिसाको जन्मदिनमा बाल केन्द्रलाई सहयोग गर्न भनेर आदित्यले सो रकम पठाईदिएको बताईएको छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...



