मेचीनगर–४ : अब गुन्द्रीमा नै बसेर जनताको सेवा
मेचीनगर–४ का नवनिर्वाचित वडाध्यक्ष अर्जुनकुमार कार्कीले फरक ढंगले विहीबार पदभार ग्रहण गरेका छन् । वडा कार्यालयमा रहेको घुम्ने कुर्सीलाई हटाएर गुन्द्रीमा बसेर पदभार समालेका थिए ।
‘जनप्रतिनिधि बन्नु सुख भोगको लागि होइन’, वडाध्यक्ष कार्कीले भने, ‘म सुख सुविधा भोग्न आएको होइन, ‘मलाई घुम्ने कुर्सी चाहिँदैन, गुन्द्रीमा नै बसेर जनताको सेवा गर्छु ।’

घुम्ने कुर्सी हटाएर गुन्द्रीमा बसेर पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । कार्कीले असारको पहिलो हप्तादेखि स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । वडाध्यक्ष कार्कीले कर्मचारीहरुलाई जनताका हरेक समस्याहरुलाई सहज तरिकाले काम गर्न निर्देशन दिएका थिए ।
त्यस्तै वडाभित्र रहेका विद्यालयमा कुनै पनि जंगफुटको प्रयोग नगर्ने निर्णय गरेका छन् । अब वडा कार्यालयमा चाहिने कागजातको फोटोकपी वडा कार्यालयमा नै निःशुल्क रुपमा गरिने उनको भनाई छ ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

