मेचीनगरको मतगणना मध्यरातमा स्थगित
मेचीनगर । मेचीनगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना राति स्थगित भएको छ । गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा राजनीतिक दलहरुबीच विवाद भएपछि मत गणना स्थगित भएको हो ।

मतगणना स्थलमा प्रतिनिधि राख्ने बिषयमा सहमति नमिलेपछि विवाद भएकाे जनाइएको छ । माओवादी केन्द्रका प्रतिनिधि मत गणना स्थलबाट बाहिरिएका छन् । तर एमालेले प्रतिनिधि व्यवस्थापनमा निर्वाचन आयोगले कमजोरी गरेको भन्दै असन्तुष्ट व्यक्त गरेको छ ।

मेचीनगर वडा नं १ को मतगणना भइरहँदा १५ नं. वडाको मत गणना सुरु हुँदै गर्दा मेचीनगरमा मत गणना तत्कालका लागि स्थगित भएको छ । मतगणना सुचारु गर्न राजनीतिक दलहरुबीच सहमतिको प्रयास भइहेको निर्वाचन कार्यालय मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलले बताए ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

