मेचीनगर-७ मा एमालेलाई समर्थन गर्दै एमएनओका वडा सदस्यको उम्मेद्वारी फिर्ता
मेचीनगर । मेचीनगर वडा नं. ७ मा मंगोल नेसनल अर्गनाइजेसनबाट वडा सदस्य पदकी उम्मेद्वार तारादेवी दर्जी एमाले प्रवेश गरेकी छन् ।
उनले आजै नेकपा एमालेका उम्मेद्वारहरुलाई समर्थन गरेको वक्तब्य जारी गर्दै वडा सदस्यको उम्मेद्वार फिर्ता लिएको समेत घोषणा गरेकी छिन् ।
“जनताको प्यारो पार्टी नेकपा एमालेका उम्मेद्वारहरुलाई जिताउन पर्छ भन्ने लागेर मैले उम्मेद्वारी फिर्ता लिदै एमाले प्रवेश गरेकी हुँ”–इटाभट्टामा आयोेजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भनिन् ।
देशको विकास गर्ने र गरीव दुःखीको पिरमर्का बुझ्ने पार्टी नेकपा एमाले मात्र भएको हुँदा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार प्रह्लादमणि ओली र वडाका सबै एमाले उम्मेद्वारहरुलाई आफ्नो समर्थन रहेको तारादेवीले बताइन् ।
आगामी दिनमा नेकपा एमालेमा क्रियाशील रहने उनले बताएकी छन्
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...
धुलाबारी (झापा) । गृहलक्ष्मी बचत तथा ऋण सहकारी...

