मेचीनगर-७ मा एमालेलाई समर्थन गर्दै एमएनओका वडा सदस्यको उम्मेद्वारी फिर्ता
मेचीनगर । मेचीनगर वडा नं. ७ मा मंगोल नेसनल अर्गनाइजेसनबाट वडा सदस्य पदकी उम्मेद्वार तारादेवी दर्जी एमाले प्रवेश गरेकी छन् ।
उनले आजै नेकपा एमालेका उम्मेद्वारहरुलाई समर्थन गरेको वक्तब्य जारी गर्दै वडा सदस्यको उम्मेद्वार फिर्ता लिएको समेत घोषणा गरेकी छिन् ।
“जनताको प्यारो पार्टी नेकपा एमालेका उम्मेद्वारहरुलाई जिताउन पर्छ भन्ने लागेर मैले उम्मेद्वारी फिर्ता लिदै एमाले प्रवेश गरेकी हुँ”–इटाभट्टामा आयोेजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भनिन् ।
देशको विकास गर्ने र गरीव दुःखीको पिरमर्का बुझ्ने पार्टी नेकपा एमाले मात्र भएको हुँदा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार प्रह्लादमणि ओली र वडाका सबै एमाले उम्मेद्वारहरुलाई आफ्नो समर्थन रहेको तारादेवीले बताइन् ।
आगामी दिनमा नेकपा एमालेमा क्रियाशील रहने उनले बताएकी छन्
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...


