‘नीति र विचार नमिल्ने पार्टीहरू स्वार्थका लागि गठबन्धन गरेका हुँन्’
मेचीनगर । नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य बिष्णु प्रसाईले अहिले नीति, विचार र आचरणसमेत नमिल्ने पार्टीहरू स्वार्थका लागि गठबन्धन गरेर जनतालाई झुक्याई रहेको बताएका छन् । एमाले मेचीनगरको चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम अन्तर्गत आज मेचीनगर ५ स्थित नकलबन्दा चोकमा भएको सभालाई सम्बोधन गर्दै नेता प्रसाईले अब जनता सचेत भईसकेको बताउँदै गठबन्धनको हैसियत देखाईदिने बताए ।

उनले भने एमाले जनताको पार्टी हो, त्यो सबैलाई थाहा छ, सरकारमा रहदा जनताका बिचमा गएर धेरै कामहरु गरेका थियौं तर, अहिले परमादेशको गठबन्धन सरकारले जनतालाई सास्ती मात्रै दिएको बताए । साथै उनले अब आसन्न निर्वाचनमा एमालेले गठबन्धनलाई पत्तासाप पार्दै दुई तिहाईको सरकार बनाउने बताए ।
त्यस्तै उनले मेचीनगरमा एमालेबाट प्रमुख पदमा जनप्रिय, विकासप्रेमी सबैको प्रिय नेता गोपालचन्द्र बुढाथोकी र उपप्रमुखमा मीना पोखरेल उप्रेतीलाई अगाडी सारिएको बताउँदै उनीहरुसंगै सूर्यध्वजबाहाक उम्मेदवारहरुलाई अत्याधिक मत प्रदान गरेर विजयी गराउन आग्रहसमेत गरे ।

कार्यक्रममा विभिन्न पाटी परित्याग गरी करिब दुई दर्जन बडी एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई एमाले नेता प्रसाई, मेयरका प्रत्यासी बुढाथोकी, उपमेयरकी प्रत्यासी उप्रेती, एमाले जिल्ला कमिटी सदस्य देवकुमार राई एमाले नेता शुसिल आचायलगायतले अबिर र खदा परिरिएर स्वागत गरेका थिए ।
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...

