‘समाजका सच्चा सिपाही’ थापा अब जनताको सेबक !
मेचीनगर । नेकपा एमाले मेचीनगर नगरपालिका वडा नम्बर ६ को वडा कमिटीले वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेद्वारहरुको घोषणा गरेको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको तर्फबाट मेचीनगर –६ को वडा अध्यक्षको उम्मेदवारमा सञ्चार उद्यमी तथा समाजसेवी बालकृष्ण थापा रहेका छन् । सदस्यमा पुरुषतर्फ ध्रुवकुमार राई र भगिन्द्र सुब्बा रहेका छन्,।
त्यस्तै महिलातर्फ खुल्ला सदस्यमा अन्जु थापा र दलित महिला सदस्यमा सीमा रसाइलीलाई वडाबाट सर्बसम्मत रुपमा उम्मेद्वार बनाउने गरी नगरकमिटिमा सिफारिस गरिएको एमाले मेचीनगर ६ का वडा कमिटि अध्यक्ष प्रितम काफ्लेले बताए ।
समाजमा केही सकारात्मक कर्म गरौँ भन्ने पवित्र भावना बोकेका व्यक्ति कमै हुन्छन् । तिनै कमै मध्येका एक हुन्– बालकृष्ण थापा । उनै थापाले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेले उम्मेदवारी बनाएको हो ।
नेकपा एमालेको तर्फबाट मेचीनगर –६ को वडा अध्यक्षको उम्मेदवार बनेका थापाले व्यक्तिगत स्वार्थको लागि नभएर जनता र राष्ट्र हितको लागि आफू सधैँ लागि पर्ने बताए । उनले भने जनता र कार्यकर्ताको मर्म अनुसार काम गर्ने बताए ।
को हुन थापा
काँकडभिट्टा–६ निवासी थापा दिन दुःखी, असहाय, अनाथ, वियोग तथा विपत्तिका बेला सच्चा सारथि बनेर उभिने गरेका छन् । समाजमा आइपर्ने आपतविपत तथा अभरमा उनले विना स्वार्थ सहयोग गरेर मलमपट्टी लगाइरहेका छन् ।
कसैको घरमा चामल छैन, त्यहाँ उनी चामल लिएर पुग्छन् । कसैको खर्च अभावमा उपचार हुन पाएको छैन भने त्यहाँ उनी सहयोग गर्न पुग्छन् । समाजमा आइपर्ने जस्तोसुकै अभाव टार्न उनको केही न केही सहयोग पुगेकै हुन्छ । आज त्यही सहयोगको भावनाले गर्दा उनको परिचय पनि फराकिलो बन्दै गएको छ । तिनै बालकृष्ण थापालाई समाजले खोजिरहन्छ ।
२०३३ सालमा जन्मिएका बालकृष्णको बाल अवस्था अभावबाटै गुज्रियो । ‘म कुनै धनी मानी परिवारको मान्छे होइन,’ विगत सम्झँदै उनले भने, ‘त्यो बेलाको अभाव सम्झन्छु र म जस्तै अरूको पनि अवस्था त्यही होला जस्तो लाग्छ ।’
उनले स्वास्थ्य, शिक्षा, खेलकुदलगायत सामाजिक क्षेत्रमा ठुलो मानवीय सहयोग पुर्याएका छन् । कोरोना महामारीका बेला उनले करिब १० लाख बराबरको खाद्यान्न किनेर मेचीनगरका गरिब परिवारको घरघरमा पुर्याइदिए ।
सानै उमेरमा कर्मशील
बुबा देवीराम र आमा चेतकला थापाका एक्ला छोरा बालकृष्णको सपरिवार २०४२ सालमा काँकडभिट्टा आएको हो । भारतको अरुणाचलमा सैनिकमा कार्यरत बुबाको अवकाश भएपछि काँकडभिट्टालाई स्थायी थलो बनाएर थापा परिवारले किराना पसल सुरु गरे । बाबुआमाले व्यवसाय गरेको देखेर सानै उमेरमा व्यापार गर्न सिकेको उनी बताउँछन् । उनी त्यस बेला १३ वर्षका थिए ।
पढाइसँगै व्यापार व्यवसायमा आफूलाई लगाए । आजसम्म उनले व्यवसायलाई निरन्तरता दिएका छन् । त्यही व्यापारबाट कमाएको रकमको केही हिस्सा समाजमा लगानी गर्ने गरेको उनी बताउँछन् । ‘मान्छे एक दिन मरेर जान्छ,’ उनले भने, ‘पैसा लिएर कोही जाँदैन । केही सहयोग समाजका निम्ति गर्न सकियो भने त्यसबाट अवश्य पुण्य कमाइन्छ ।’
सङ्घसंस्थामा दर्बिलो भूमिका
कम्युनिस्ट विचारधाराका थापा विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छन् । काँकडभिट्टा माविको स्कुले जीवनबाट अनेरास्ववियूमा आबद्ध थापाले २०५४ सालमा आएर नेकपा एमालेको पार्टीको सदस्यता लिए । ०६४ मा सङ्गठित सदस्य बनेका उनले एमाले पार्टी भित्र लोकप्रिय युवा नेताको छवि बनाएका छन् ।
०६२(६३ को जनआन्दोलनका बेला युवा दस्ता मोर्चा बनाएर राजाको ‘कु’ विरुद्ध सशक्त आवाज उठाए । युवा सङ्घ कमिटीको वडा अध्यक्ष हुँदै उनले मेचीनगर युथ फोर्सको कमान्डरको जिम्मेवारी समेत समाले । उनको क्षमता र आँटलाई देखेर पार्टीले थप माथिल्लो जिम्मेवारी दिँदै लग्यो ।
उनको आवश्यकता महसुस गरेसँगै हाल आएर मेचीनगर एमाले कमिटीले सदस्य पदको महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ । विगतमा युवा सङ्घ प्रदेश कमिटी सदस्य बनेका थापाले खेलकुद महासङ्घ प्रदेश सदस्यको जिम्मेवारी कुशलतापूर्वक समालिसकेका छन् । उनले नेपाल राष्ट्रिय वाणिज्य सङ्घको जिल्ला सदस्य तथा नगर इन्चार्जको पनि जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
पार्टीमा मात्र होइन, उनको सामाजिक सङ्घसंस्थामा पनि उत्तिकै आवश्यकता खड्किने गरेको छ । उनी थुप्रै सङ्घसंस्थामा आबद्ध रहेर सामाजिक परिवर्तनमा सहयोगी बनेका छन् ।
देवकोटा पार्कको सल्लाहकार संयोजक, बाल जागरण उद्धार केन्द्रको उपाध्यक्ष, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सल्लाहकार, नाइट चेस क्लबको आजीवन सदस्य, प्रहरी सेवा केन्द्र काँकडभिट्टाको सदस्यको जिम्मेवारीमा छन् ।
सञ्चार क्षेत्रको विकासमा पनि उत्तिकै सहयोगी बनेका थापा छड्के अनुसन्धान साप्ताहिकको प्रकाशकको जिम्मेवारीमा छन् । उक्त पत्रिका निरन्तर प्रकाशित भइरहेको छ ।
‘समाजका सच्चा सिपाही’ का रूपमा चिनिएका थापा समयको ख्याल र काममा विश्वास गर्छन् । स्पष्ट वक्ता र निष्पक्ष व्यक्तिको रूपमा छवि बनाएका थापा भन्छन्, ‘आइपर्ने समस्यालाई तपाईँ हामीबाटै समाधान खोज्नुपर्छ । मान्छे मान्छेलाई सहयोग गर्ने हो भने समाज आफै बन्छ ।’
‘असली समाजसेवी त त्यो हो, जसले हरेक समाजमा बसोबास गर्ने समुदायका दुःख सुखलाई नजिकबाट नियालेको हुन्छ । अनि त्यही दुःख सुखमा साथ दिन्छ र चहर्याइरहेको घाउमा मलहम पट्टीको काम गर्छ’ थापा भन्छन्—‘जतिखेर विश्व नोवल कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण र सन्त्रास थियो, हजारौँ मानिसको ज्यान गइसकेको थियो, लाखौँ मानिसहरू सङ्क्रमित थिए त्यस बेला मैले विना स्वार्थ नगरका विभिन्न वडाहरूमा पुगेर वडावासीलाई गरेको योगदानले पुष्टि गर्दछ ।’
नोवल कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणका कारण बिहान बेलुका घरको चुल्होमा आगो धेरैको बलेन यस्तै वर्गका सामु असल समाजसेवीको रूपमा पहिचान बनाए झापा मेचीनगर—६ काँकडभिट्टाका स्थायी बासिन्दा युवा व्यवसायी बालकृष्ण थापाले ।
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)...
अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले...
मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन ९...
बिर्तामोड । झापा–११ फुटबल क्लबले स्थापनापछि दोस्रो पटक...
अर्जुनधारा । मेचीनगरले भद्रपुर नगरपालिकालाई हराउँदै चौंथो खुदुनाबारी...
मेचीनगर । धुलावारी–ज्यामिरगढी–भद्रपुर सडक खण्डमा रहेको हडिया खोलाको...
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको ३२ औं...
मेचीनगर । मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता...