छड्के अनुसन्धानले गर्याे प्रेस चौतारीका पत्रकारलाई सम्मान
काँकरभिट्टा । छड्के अनुसन्धान साप्ताहिकले आइतबार एक कार्यक्रमको आयोजना गरेर प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाईृ सम्मान गरेको छ ।
आइतबार साँझ साप्ताहिकको कार्यालयमा आयोजित कार्यक्रममा मेचीनगरबाट प्रतिनिधित्व गर्दै सर्वसम्मत रुपमा निर्वाचित भएका झापाका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको हो ।
छड्के अनुसन्धान साप्ताहिकका सञ्चालक बालकृष्ण थापाको सभापतित्व रहको कार्यक्रममा नवनिर्वाचित प्रेस चौतारीका जिल्ला सचिव प्रकाश पौडेल, जिल्ला सदस्यहरु युवराज आचार्य, खगेन्द्र घिमिरे र पुस्कर गुरगाईलाई खादा र टिका लगाएर सम्मान गरिएको थियो ।
सोही अवसरमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्यमा नवनिर्वाचित मोहन काजी, सन्तोष आचार्य मुक्ति पौडेल र अम्बिका भण्डारीलाई पनि खादा र टिका लगाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य एवम् नेकपा एमाले झापा जिल्ला सदस्यमा सर्वसम्मत निर्वाचित मोहन काजी, प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष आचार्य, मुक्ति पौडेल, प्रेस सेन्टरका झापाका अध्यक्ष झुलन रेग्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मेचीआवाज साप्ताहिकका सम्पादक डम्बर बराल, पेशागत समाजवादी संगठन झापाका सदस्य किशोर उपरकोटी, रेडियो साथीका समाचार बाचक नवराज सुवेदी, लोकतन्त्र पोस्टका लेखक एवम् व्यवस्थापक गगन ढकाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल प्रदेश नं. १ का सदस्य अर्जुन कार्कीले गरेका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
