गुरुङको स्मृतिमा शोक सभा र र्याली

काँकरभिट्टा । स्व.मकरबहादुर गुरुङको ९ औं पुण्यतिथिका दिन शनिबार काँकरभिट्टामा शोक र्याली तथा सभा गरिएको छ ।
जिल्ला तेक्वान्दो संघ झापाको आयोजनामा बिहान सुरु र्यालीपछि शोक सभा गरिएको हो ।
संघका जिल्ला अध्यक्ष बाबुलाल सुब्बाको अध्यक्षतामा भएको शोक सभाको प्रमुख अतिथि संघका केन्द्रीय सदस्य विजयकुमार न्यौपाने थिए ।
त्यसक्रममा प्रमुख अतिथि न्यौपाने, संघका जिल्ला उपाध्यक्ष कुमार भट्टराईलगायतले शोक मन्तव्य व्यक्त गर्दै समवेदना पत्र हस्तान्तरण गरेका थिए । समवेदना पत्र स्व. गुरुङका छोरा दिपराज गुरुङलगायतले ग्रहण गरेका थिए ।
दिपराज तेक्वान्दो खेलका नेपाल जन्मदाता हुन् । उनले नेपालमा तेक्वान्दो खेल भित्र्याएका हुन् ।
र्यालीमा जिल्लाका ६ वटा डोजाङका करिब ५ सय खेलाडी सहभागी थिए ।

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...