एकीकृत समाजवादी मेचीनगरको अध्यक्षामा पौडेल

झापा । नेकपा एकीकृत समाजवादीको मेचीनगर अध्यक्षमा अर्जुन पौडेल चयन भर्एका छन् । मेचीनगरको इटाभट्टामा आयोजित मेचीनगर भेलाले अर्जुन पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ । यसअघि एमालेको क्षेत्रीय अध्यक्ष, नेकपाको जिल्ला कमिटी सदस्य रहिसकेका पुराना नेता पौडेल विद्यार्थी कालदेखि नै झापाका चर्चित वाम कार्यकर्ता हुन् । एमाले नेता रविन कोइराला, गोपाल बुढाथोकी र पौडेल एमालेमा ओली विरोधी नेता भनेर चिनिन्थे ।
पछिल्लो समयमा कोइराला र बुढाथोकीले ओलीलाई नै साथ दिँदा नेता पौडेल भने माधव नेपाल पक्षमा उभिएका नेता हुन् ।
मेचीनगर उपाध्यक्षमा चेतराज बिष्ट चेतन, बिमला देवकोटा, र नारायण भट्टराई र सचिवमा हरि तिम्सिना चयन भएका छन् । कमिटीको उपसचिवमा हेमन्त नेपाल चयन भएका छन् ।
युवासंघ नेपाल मेचीनगर कमिटी पनि बनेको पार्टीका युवा नेता दुर्लभ परासरले जानकारी दिए । उनका अनुसार युवा संघ अध्यक्षमा पुस्कर बस्नेत, सचिवमा कृष्ण राजवंशी र उपसचिवमा तुलसा कट्टेल चयन भएका छन् । युवा संघ पनि ५१ सदस्यीय छ । कार्यक्रममा पुराना वामपन्थी नेता ताराराज ओली, समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मी लगायतको उपस्थिति थियो ।

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१...

धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट...

मेचीनगर । मेचीनगर–६, पुरानो भन्सार, काँकडभिट्टामा ईभी नेपाल...

भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन...

मेचीनगर । प्रेस क्लब मेचीनगरले सदस्यहरुको निःशुल्क सामुहिक...