काकँडभिट्टा–काठमाडौँ बस सेवा विस्तार
काठमाडौँ । घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो । सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो ।
प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको माग र चाहनाअनुसार पूर्वमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘ ‘अहिले काठमाडौँ–काकँडभिट्टा सञ्चालन गरे पनि आगामी दिनमा पूर्वका अन्य सहरमा समेत विस्तार गर्दै लैजान्छौँ’, उनले भने । उक्त बस काठमाडौँको नयाँ बसपार्कबाट छुट्नेछ । विसं २०७४ मा स्थापना भएको घोडाघोडी यातायात प्रालिले हाल २५ भन्दा बढी बसद्वारा यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न...
मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगी बजारमा भारत, भूटान...
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...


