आज महाकवि देवकोटाको ११२औँ जन्मजयन्ती, देवकोटा पार्कमा काँकरभिट्टामा विशेष कार्यक्रम


नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस पटक पनि मेचीनगरको काँकरभिट्टामा रहेको देवकोटा पार्कमा विशेष कार्यक्रमको आयोजन गरि महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती विशेष कार्यक्रमको आयोजना गरी मनाउन लागिएको हो । कोरोनाको कहरका बिच सामाजिक दुरी कायम गरि आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर बिशेष कार्यक्रमको आयोजना गरिने देवकोटा जन्मजयन्ती आयेजक समितिका अध्यक्ष बालकृष्ण थापाले बताए ।

‘यतिबेला पार्कको सजावटको काम भइरहेको छ । हाम्रो तयारी लगभग अन्तिम चरणमा छ । हामीले विषम परिस्थितिमा सजगता अपनाएर कार्यक्रम गर्नेछौं,’ देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार खरेलले भने । दिउँसो सालिकमा माल्र्यापण गर्ने र साँझ दिपावली गने कार्यक्रम राखिएको छ । देवकोटा जयन्तीमा स्थानीय जनप्रतिनिधि, पत्रकार, साहित्यअनुरागीहरूको भेला हुनेछ । विगतमा पार्कको रेखदेख गर्दै आएका मृतक यामप्रसाद दाहालकी आमालाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको पार्क व्यवस्थापन समिति अध्यक्ष खरेलले बताए ।

काँकडभिट्टाबाट बाहुनडाँगी जाने बाटो ।

महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।

बेहुली झै सिँगारियो काँकरभिट्टाको देवकोटा पार्क

काँकरभिट्टास्थित देवकोटा पार्कको रौनक यतिबेला बेग्लै छ । व्यस्त बजारबीच यो पार्क चिटिक्क सिँगारिदैछ ।

नयाँ रंगरोगन, थरीथरीका फूल, धुपीका बोटहरू र यहाँको माहोलले सबैलाई लोभ्याउँछ । साँझको समयमा बल्ने झिलिमिली बत्तिले त पार्कको सौन्दर्यता झनै बढाइदिएको छ ।

कुनैबेला फोहोर फ्याँक्ने ठाउँ यति सुन्दर पार्क होला भन्ने कसैलाई कल्पना पनि थिएन । देवकोटा पार्क निर्माण समितिका जुझारू केही व्यक्तिहरूको प्रयासले यो ठाउँले मुहार फेरेको हो । केही वर्षभित्रै यो पार्कको स्वरूपमा ब्यापक परिवर्तन आएको छ ।