वडाध्यक्ष सिग्देललाई कारवाही गर्न माग
मेचीनगर । मेचीनगर–१३, चारआलीस्थित किरातेश्वर मुजोत्लुङ युमा माङहिम समितिले अध्यक्ष अर्जुन थेवेमाथि सांघातिक आक्रमण गर्ने वडाध्यक्ष कृष्णराज सिग्देललाई कानुनी कारवाही गर्न माग गरेको छ ।
समितिका उपाध्यक्ष धनकुमार थाम्सुहाङ, महासचिव मणिकुमार लिम्बू र कोषाध्यक्ष रत्ना लिम्बूले संयुक्त रुपमा हस्तारक्षर गरी निकालेको विज्ञप्तिमा मेचीनगर वडा नं. १३ का वडाध्यक्ष सिग्देलले सामान्य विवादको क्रममा ज्यान मार्ने अभिप्रायले टाउकोमा इटा प्रहार गरी गम्भीर घाइते बनाइएको दाबी गरिएको छ ।
समितिले वडा अभिभावकले आफ्नो पदीय हैसियतलाई ख्यालै नगरी सर्वसाधारण जनताप्रति गरिएको यो गम्भीर आक्रमणको भत्र्सना समेत गरेको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाइका साथ कारवाही गर्न सरकारसमक्ष समितिले माग पनि गरेको छ । आक्रमणपछि घाइते थेवेको बिर्तामोडको बीएन्डसी हस्पिटलको न्यूरो वार्डमा उपचार भइरहेको छ ।
अविरल वर्षाले मेचीनगर–१३ स्थित चारआलीका १२ वटा घर डुवानमा परेको थियो । त्यही विषयमा स्थानीय थेवे र वडाध्यक्ष कृष्णराज सिग्देलबीच विवाद भएको थियो । घटनामा थेबे र सिग्देल दुबैले आफुमाथि आक्रमण भएको दाबी गर्दै आएका छन् ।

काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...
