होलिबेलकाे बार्षिक उत्सब भव्य
धुलाबारी । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयको २४ औं बार्षिक उत्सब विविध कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका बिच धुलाबारीको टाउनहलमा सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयबाट एसइइ परीक्षामा सामेल भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै सानो तथा ठूलो कक्षाका विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य, गायन, झाँकी एबम् क्षमता प्रस्तुत गरेका थिए ।
मेचीनगर-९ का वडाअध्यक्ष कन्चन तामाङ प्रमुख अतिथ्यता तथा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गोपाल बस्नेतकाे अध्यक्षतामा सम्पन्न २४ औं बार्षिक उत्सब कार्यक्रममा विशेष अतिथि कबि शिरोमणी माबिका प्रधानाध्यापक दामोदर ढुङ्गेल, मेची उध्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ऋषि तिम्सिना, बलभद्र आधारभुत बिद्यालयका सहायक प्रधानाध्यापक देबु बानियाँ, बिद्यालयका संस्थापक अमृता प्रधान, प्रिन्सिपल अरिस्ता प्रधान, निर्देशक अभिषेक प्रधान लगायतले बोलेका थिए ।

२०५७ सालमा मेचीनगर-९ धुलाबारीमा स्थापना भएको होलिवेल अंग्रेजी माध्यमिक विद्यालय र विद्यार्थीको बारेमा कक्षा ८ मा अध्ययनरत अनन्य मल्लले प्रस्तुति गरेको थिइन् ।
बिद्यालयको शैक्षिक, भौतिक र आन्तरिक गतिबिधिका बारेमा बिधालयका प्रिन्सिपल अरिस्ता प्रधानले जानकारी गराएको कार्यक्रममा संस्थापक स्वर्गीय अरुण प्रधानको सम्झनामा दीप प्रज्वलन गरेको थिए ।
अध्यक्ष गोपाल बस्नेतले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन चन्द्रमाया सिटौलाले गरेकी थिइन् ।
मेचीनगर । किरात याक्थुङ चुम्लुङ वडा कार्यसमिति मेचीनगर–१३...
काँकडभिट्टा । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य...
मेचीनगर। झापाको मेचीनगर-१४ को प्रगति टोल र पाथीभरा...
मेचीनगर। मेचीनगरको धुलाबारीमा आधुनिक सुविधा र अत्याधुनिक फिटनेस...
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...


