पाँचौँ मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
काँकरभिट्टा । यही फागुन २१ देखि २८ गतेसम्म आयोजना हुने पाँचौँ मेचीनगर गोल्डकपका लागि मेचीनगरको नक्सा अंकित ‘हात्तिको मस्कट’ भएको लोगो सार्वजनिक गरिएको छ ।
आज काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा आयोजित कार्यक्रममा उक्त नक्सा भएको मेचीनगर गोल्डकपको लोगो सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले ‘हात्तिको मस्कट’ को पर्दा उघारेर लोगो सार्वजनिक गरेका थिए ।
प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले आयोजकले नगरपालिकामा प्रस्ताव गरेको २५ लाखको सहयोगका विषयमा छलफल गरेर निर्णयमा पुगिने बताएका छन् ।
खेलकुदको क्षेत्रमा मेचीनगर अग्र पंक्तिमा रहेको उनले बताए । उनका अनुसार नगरलाई खेलकुदको हवको रुपमा विकास गर्न सबै लाग्नु पर्छ ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, कोशी प्रदेशका पूर्व सांसद एवम् मेचीनगर गोल्डकप मुल आयोजक समिति संयोजक श्रीप्रसाद मैनाली, गोल्डकप सहसंयोजक एवम् पूर्व नगरप्रमुख विमल आचार्य, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर ९मामा०, मुल आयोजक समितिका सल्लाहकार संयोजक गंगालाल गुरुङ लगायतले गोल्डकप सफल पार्न सबै लाग्नु पर्ने बताएका थिए ।
गोल्डकपको आजीवन सदस्य बन्न १० हजार रुपैयाँ लाग्ने छ । समितिले ४०० जना सदस्य पुर्याउने लक्ष्इ राखेको छ । अहिलेसम्म २५० जना भन्दा बढीले नाम दर्ता गराएको बताएको छ ।
गोल्डकप सम्पन्न गर्न करिव ८० लाख अनुमानित खर्च लाग्ने छ । मुख्य प्रायोजकलाई नगद १५ लाख र सहप्रायोजकलाई ३ लाखको सहयोग रकम राखिएको छ ।
गोल्डकपमा ए डिभिजनका ६ वटा, विदेशी र आयोजक टिम गरेर ८ वटा टिम प्रतियोगितामा सहभागी हुने बताइएको छ ।
प्रतियोगिताका विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
पाँचौँ मेचीनगर गोल्डकप मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न लोगो सावैजनिक कार्यक्रमको स्वागत आयोजक संस्था काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली (दिनेश)ले र सञ्चालन मुल आयोजक समितिका सचिव राजु कार्कीले गरेका थिए ।
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...

