प्याब्सन मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित

मेचीनगर । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) मेचीनगरको अध्यक्षमा बिक्रम क्षेत्री निर्वाचित भएका छन् । बुधवार सम्पन्न निर्वाचनवाट २० मतका साथ उनी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कमल भेट्वालले १५ मत मात्र ल्याएका छन् ।
मेचीनगर –७ स्थित ग्रीन भिलेज रेष्टुरेन्टमा सम्पन्न तेस्रो अधिवेशनमा सहमति हुन नसकेपछि निर्वाचन सम्पन्न भएको थियो । जसको उपाध्यक्षमा सुरेन्द्र न्यौपाने १७ मतका साथ विजयी वने । उनका प्रतिस्पर्धी कमल नेपालले १६ मत प्राप्त गरेका थिए ।
१८ मतका साथ कोषाध्यक्षमा समिक्षा गौतम निर्वाचित भइन् । उनका प्रतिस्पर्धी विजय भट्टराईले १७ मत प्राप्त गरेका थिए । सचिवमा भने बिनोद प्रधान सर्वसम्मत चयन भएका छन् ।
सदस्यमा पदम रुचाल, अरिता प्रधान र विमल पौडेल निर्वाचित भएको निवर्तमान अध्यक्ष डम्मर रुचालले जानकारी दिए ।
नयाँ कार्यसमितिले बुधवार देखीनै कार्यभार सम्हालेको निर्वाचन समितिका संयोजक हिम्मत क्षेत्रीले बताए । निर्वाचन समितिमा हरि अधिकारी र विष्णु रिमाल सदस्य रहेका थिए ।

काँकरभिट्टा । बाढीले डाइभर्सन बगाएर काँकरभिट्टाको कालीखोलामा अवरुद्ध...

काँकरभिट्टा । गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्ग...

झापा । सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का...

मेचीनगर । झापाको मेचीनगर ६ मेची डाँडा स्थित...

बाहुनडाँगी । झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास...

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिलाई कार्यथलो बनाएर...

झापा । झापाको कमल गाउँपालिका–३, केर्खा बजार स्थित...