धुलाबारीमा आज सांगीतिक साँझ

मेचीनगर । मेचीनगर – ९, स्थित सातपाखे रिसोर्टको आयोजनामा बुधबार सांगीतिक साँझ आयोजना हुने भएको छ । सांगीतिक साँझमा ख्याति प्राप्त कलाकारदेखि नव प्रतिभाहरुले आफ्नो प्रस्तुति दिनेछन् ।
कला, संगित एवम् साहित्यमा रुचि राख्ने व्यक्तिलाई जोड्दै गीत९संगितलाई प्रवर्द्धन गर्ने उद्देश्यले सांगीतिक साँझको आयोजना गरिएको सातपाखे ब्याण्डका राजेश पराजुलीले बताए । कार्यक्रममा पुराना कालजयी गीतहरु नयाँ कलाकारहरुले प्रस्तुत गर्नेछन् । जसमा राष्ट्रिय कलाकारहरु कमल रसाइली, उत्तमजंग लिम्बुलगायतका कलाकरहरुले साथ दिनेछन् ।
सो अवसरमा वरिष्ठ संगितकार भरत लामा, अग्रज संगितकर्मी शिवशंकर थापाबाट सांगितिक अनुभव र अनुभुति साटासाट हुने आयोजकले बताएको छ ।
सांगीतिक प्रस्तुतिसँगै देही आर्टका कलाकरहरुले लक्ष्मीप्रसाद देवकोटाको लेखन, गोपाल योन्जनको संगित संयोजन र स्वर सम्राट नारायण गोपालको गायकीलाई चित्रमार्फत झल्काउने प्रयास रहने कलाकार क्षितेन शेर्पाले बताए । समारोहमा कालाजयी गीतहरुको लाइभ प्रस्तुति रहने छ ।
संगित र कलामा रुचि राख्ने सबैलाई सहभागी बन्न आयोजकले आग्रह गरेको छ । सांगीतिक साँझलाई सातपाखे ब्याण्डले संयोजन गरेको छ भने देही आर्ट, मेचीनगर नगरपालिकाले सह९आयोजना गरेका छन् ।
कार्यक्रमलाई ल्होत्से इङ्लिस स्कुल, छहारी रेस्ट्रो र माँ पाथीभरा स्वीट्सले सहयोग गरेका छन् । लामो समयपछि आयोजना गरिएको फरक किसिमको सांगीतिक साँझले संगितकर्मीहरुलाई जोड्ने अभिप्राय आयोजकले राखेको छ ।
मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले कार्यक्रमबारे जानकारी गराएको हो । सो अवसरमा आयोजकको तर्फबाट राजेश पराजुली, देही आर्टका निर्देशक क्षितेन शेर्पा, युवा व्यवसायी धनराज थापा, गायक कमल रसाइलीलगायत उपस्थित थिए । कार्यक्रमको संयोजन मन्जिल देवानले गरेका थिए ।

मेचीनगर । धुलाबारी जेसिजका पूर्व अध्यक्षहरूले स्थापना गरेका...

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...