महाकवि देवकोटाको जन्म जयन्तीको अवसरमा पत्रकार आचार्य सम्मानित
मेचीनगर। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औ जन्म जयन्तीको अवसरमा सञ्चारकर्मी युवराज आचार्य सम्मानित भएका छन्।
आज झापाको मेचीनगर –६ मा अवस्थित देवकोटा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको देवकोटा जन्म जयन्ती विशेष समारोहबीच सक्रिय सञ्चारकर्मी युवराज आचार्यलाई नगद ५ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।
आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइराला, विशिष्ट अतिथि मेचीनगर उपप्रमुख मिना पोख्रेल (उप्रेती ) अग्रज पत्रकार चन्द्र भण्डारी , प्राज्ञ सुभद्रा अर्याल, पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापा लगायतले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए।
आचार्यले आफ्नो उर्भर समयलाई पत्रकारिता क्षेत्रमा खर्चिएर सकारात्मक कर्म गर्दै आइरहेका छन् । उनी हाल न्युज २४ टेलिभिजनमा कार्यरत छन् भने हाम्रो खबरपाटी अनलाइनका सम्पादक हुन्।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...