मेची कृषक बहुमुखी सहकारीको क्षेत्रगत साधारणसभा सुरु

मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्थाको २५ औं क्षेत्रगत साधारणसभा आइतबारबाट सुरु भएको छ ।
सहकारीले पहिलो दिन मेचीनगर–२ भृकुटी स्थित ज्येष्ठ नागरिक सभाहलमा साधारण सभा आयोजना गर्याे । सो साधारण सभामा वडानम्बर १, २, ३ र ४ नम्बर वडाका सदस्यहरु सहभागि बनेका थिए ।
सहकारी संस्थाका अध्यक्ष हरि बहादुर बुढाथोकीको सभापतित्व तथा मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि बरालले समाजमा विश्वासको सामाजिक अवस्था राजनीतिक अवस्था परिवर्तन हुँदै गएको बताए । दक्ष जनशत्तिहरु १७ औं सताब्दीमा विकास भएका देशलाई हेरेर यहाँ केही भएको छैन भनेर चिनता ब्यक्त गगिररहेको छ ।
उनले पछिल्लो समय वित्तीय क्षेत्रमा आक्रमण भइरहेको बताए । बर्तमान समयमा समाज र देशमा अराजकता हावी हुँदै गएको छ यसलाई रोक्न जरुरी छ, उनले भने सहकारीबाट लिएको ऋण तिर्नु पर्देन भन्नेहरुले बित्तीय क्षेत्रमा विश्वासको सिर्जना गरेका छन् ।
सो अवसरमा सहकारी संस्थाका अध्यक्ष बुढाथोकीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । भने लेखा प्रतिवेदन लेखा संयोजक कमल बाँस्तोलाले प्रस्तुत गरे ।
भृकुटी सेवाकेन्द्रका संयोजक ले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका ब्यवस्थापक दीपक काफ्लेले गरेका थिए ।
क्षेत्रगत साधारण सभा अन्तरगत भोलि कात्तिक १२ गते मेचीनगर–५ सिर्जनाचोक स्थित सामुदायिक पोष्ट हार्भेष्टमा र कात्तिक १३ गते मेचीनगर–७ स्थित विष्णुनारायण मन्दिरमा कार्यक्रम आयोजना हुने ब्यवस्थापक काफ्लेले जानकारी दिए ।

काँकरभिट्टा । मेची भन्सार कार्यालयले नौ महिनामा राजश्व...

बिर्तामोड । झापाको बिर्तामोड–३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलले...

मेचीनगर । राजवंशी समाज विकास समिति मेचीनगर– ७...

बिर्तामोड । नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा...

दमक । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी...