बिर्तामोडमा चाडपर्व लक्षित जुत्ता-चप्पल मेला सुरु

बिर्तामोड । झापाको बिर्तामोडमा आजदेखि दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ । मेलाको बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महातारा प्रसाईंले उद्घाटन गरेकी छन् । मेला उद्घाटन गर्दै प्रसाईंले स्थानीय स्रोत साधन उपयोगमा लाग्नुपर्ने बताइन् । उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन आग्रह गरिन् ।
गत वर्ष आयोजना गरेको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यस वर्ष पनि मेला आयोजना गरेको हो । बिर्तामोडको सिटी सेन्टरमा सञ्चालन भइरहेको मेलामा नेपालका पाँचवटा कम्पनीको ३ हजार मोडलका जुत्ता चप्पल बिक्रीका लागि राखेका छन् । बिर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सहआयोजक नेपाली जुत्ता घर रहेको छ ।
‘नेपाली उत्पादनको प्रवर्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बिएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरी पाँचवटा कम्पनीको २५ वटा स्टल छन् । मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन् ।
एक महिनासम्म सञ्चालन हुने मेलामा एक लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ । ती कम्पनीको संलग्नतामा भएको मेला यो दोस्रो हो । यसअघि गत वर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो । मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिइने उपाध्यायले जानकारी दिए ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...