समृद्धि पथमा मेचीनगर : एक बर्षमा सम्पन्न भए ५१६ योजना


मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक बर्षमा ५ लाखदेखि करोडबढी लागत भएको पूर्वाधारमा ५१६ वटा योजनाको काम सम्पन्न गरेको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा रहेको मेचीनगरको टिमले आर्थिक बर्ष २०८०/८१ को बिनियोजित बजेटबाट उक्त योजनाहरू सम्पन्न गरेको हो ।

नगरपालिकाले स्थानीय, प्रदेश र संघबाट समेत विभिन्न शिर्षकमा मेचीनगर भित्र बिनियोजित रकमबाट ५१६ वटा योजना सञ्चालन गरेको थियो । त्यस्तै अन्य १० वटा योजना समयमा सम्झौता हुन नसकेर रहेको जनाउँदै तिनीहरूलाई पनि अल्या गरेर यस नयाँ आर्थिक बर्षमा सञ्चालन गरिने मेचीनगर भौतिक पुर्वाधार विकास समिति संयोजक चित्र धिमालले जानकारी दिए ।

उनले जनताको सेवामा सधैं तत्पर रहँदै लागि परिरहेको बताउँदै एक बर्षमा आवश्यकताकन आधारमा जनअपेक्षा अनुरूप कार्य गरिएको बताए ।

मेचीनगर सधैं जनता प्रति उत्तरदायि रहेको बताउँदै नयाँ आर्थिक बर्षमा थप जनमुखी कार्यक्रम तथा योजनाहरू अगाडि बढाइएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीका अनुसार मेचीनगरको गतवर्ष १ अर्व ३३ करोड थियो भने चालुवर्ष १ अर्व ३६ करोड छ । खर्च ८०.४५ प्रतिशत, पुँजीगत खर्च ७३.०४ प्रतिशत, चालु खर्च ८४.०४ प्रतिशत रहेको छ ।

त्यसैगरी महिला तथा बालबालिका क्षेत्रमा १६ वटा योजनामा १३ वटा काम सम्पन्न हुँदा सामाजिक योजनामा ४० मध्ये ३७ वटा काम भएको छ । जुन ९२।५ प्रतिशत प्रगति हो ।

अब नगरमा टोल विकास संस्थाहरुको भुमिकाहरुलाई थप प्रभावकारी बनाउनुका साथै स्वास्थ्यकर्मीको व्यवस्थापन गरिने छ । स्वास्थ्य तर्फ ९८.०३ प्रतिशत, शिक्षातर्फ ९५.०५ प्रतिशत, कृषितर्फ १९ वटा योजनामा १२ वटा काम सम्पन्न भएको छ । जस्मा ६३।१५ प्रतिशत, ७६५ जनालाई अनुदान उपलब्ध, पशुविकासमा ८ वटा योजनामा ७ वटा काम सम्पन्न भएको छ । जस्मा ८७.०३ प्रतिशत काम भएको छ ।

अब सेवा प्रवाह लक्ष्य अनुसार आईटीलाई अटोमेसन गरेर पेपरलेस सर्भिस दिने र डिजिटल प्रोफाइल बनाउने योजना तथा नागरिक वडा पत्र डिजिटल, कृषक सूचीकरण, परिचय पत्र बाढ्ने, सामुदायिक विद्यालयमा फोकस गरिनुका साथै प्रधानाध्यापकहरुको मुल्याङ्कन गरिने तयारी गरिरहेको उनले जनाए ।