सिमल तरूलको व्यवसायीक उत्पादनमा मेचीनगरको चासो
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थानीय रैथाने बालि उत्पादन र प्रवर्द्धनमा चासो दिदैँ आएको छ ।
नगरपालिकाले यस अघि किसानलाई नि : शुल्क तथा केही प्रतिशत अनुदानमा गहुँ, तोरी, उन्नत जातको धानको बिउ, मकैको बीउ, विभिन्न प्रजातिका नगदे तथा खाद्यान्न बालिको बिउ वितरण तथा प्राविधिक सहयोग पुर्याउदै आइरहेको छ ।
यसै क्रममलाई निरन्तरता दिदैँ मेचीनगरले अहिले यी बालि संगै सिमल तरूलको व्यवसायीक उत्पादनलाई प्राथमिकता दिएर अगाडि बढ्दै गइरहेको छ । नगरपालिकाले यस अघि मेचीनगर ४ मा तरूल उत्सवको समेत आयोजना गर्दै स्थानीय उत्पादनलाई हौसला प्रदान गरिसकेको छ ।

सिमल तरूलको व्यवसायीक उत्पादनलाई थप प्रभावकारी बनाउँदै लैजान मेचीनगरले आज विज्ञ बद्री ओझासहित जनप्रतिनिधि तथा सरोकारवाला किसानहरू बिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगर परिसरमा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेती, कृषि विज्ञ बद्री ओझा, सहकारी अभियान्ता रामचन्द्र उप्रेती, लक्ष्मीप्रसाद उप्रेती, मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, ५ का वडाध्यक्ष कनक कार्की, ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, ८ का वडाध्यक्ष गिरीराज धमला, ९ का वडाध्यक्ष कञ्चन तामाङ, ११ का वडाध्यक्ष रूद्र डाँगीलगायत विभिन्न संघसंस्था तथा कृषक समुहका कृषकहरूको सहभागीता रहेको थियो ।
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...

