काँकरभिट्टा नाकाबाट भारतीय ट्याङकरबाट अवैध सामान बरामद
काँकरभिट्टा । भारतीय ट्याङकरले भन्सार छलेर ल्याएको मोटरपाटर्स, कपडा र रंग मेची भन्सार कार्यालयले बरामद गरेको छ ।
प्लाइउड उधोगको रेजिन बाेकेकाे ट्यान्करको क्याबिनमा चालकले लुकाएर ल्याएको मालबस्तु बरामद भएको हो।
आज साँझ एनएल ०२ एन ६९४९ नम्बरको भारतीय ट्याङकरले चालक बस्ने बनोटमा उक्त सामानहरु ल्याएको थाहा पाएपछि नियन्त्रणमा लिएको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत गणपति कडेलले जानकारी दिए ।
जनकपुरका लागि इन्धन लिएर भारतबाट आएको ट्याङकरले अवैधरुपमा गाडीका मोटरपाटर्स, बच्चाको वेवीसुट र घरमा लगाउने विभिन्न कम्पनीका रंगहरु ल्याएकाले बरामद गरिएको उनले बताए ।
बरामद सामान सबै कति मुल्य बराबरको छ भन्ने अहिले नै यकिन नभएकाले भोलि मात्रै थाहा हुने सूचना अधिकारी कडेलको भनाई छ ।
अवैध सामान बोकेको भारतीय ट्याङकर भन्सार यार्डमा राखिएको छ ।
काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ...
मेचीनगर । मेचीनगर नगरपालिकाले लैंगिक हिंसा विरूद्धको १६...
काँकरभिट्टा । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर ९काँकरभिट्टा एफटिसी०...
काँकरभिट्टा । काठमाडौँका एक जना व्यवसायी झापाको काँकरभिट्टाबाट...
मेचीनगर । मेचीनगरमा मानवसेवा आश्रमको उद्घाटन तथा वृहत...