गृहलक्ष्मी साकोस : बार्षिक उत्सवमा सामाजिक क्रियाकलाप


मेचीनगर । गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था मेचीनगर–९ ले आफ्नो १५ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । शनिवार सस्थाको सभाहलमा एक कार्यक्रमका बिच १५ औं वार्षिक उत्सव समापन गरेको हो ।

समापनको अवसरमा १५ औं वार्षिक उत्सवको अवसरमा आयोजित बिभिन्न कार्यक्रममा सहयोग गनुहुने संघसस्था तथा व्यातिmलाई सम्मान गरिएको छ । सहकारी संस्थाको अध्यक्ष दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममाको स्वागत सस्थाकी उपाध्यक्ष रेणुका डाँगीले स्वागत गरेको सञ्चालन संस्थाका सदस्य राजु धिमालले गरेका थिए ।

सम्मानित हुनेमा निशा फामेसी मेचीनगर–८ का राम मगर हरि हलेसी मेडिकल हल मेचीनगर–९, आदर्श माध्यामिक बिद्यालय मेचीनगर–८ रहेका छन । साकोसले १५ औं वार्षिक उत्सव समापनको अवसरमा उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको छ । कार्यक्रममा मेचीनगर बचत तथा ऋण सहकारी संस्था सदस्य शिवराज पोखरेल पत्रकार झुलन रेग्मी, बिर्तामोड नगपालिकाका सहकारी प्रमुख डिल्ली दाहालगायतले शुभकामना मन्तव्य राखेका थिए ।


वार्षिक उत्सवको अवसर पारेर निःशुल्क कोचिङ कक्षा सहित निःशुल्क स्वास्थ्य परीक्षण शिविर, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सहकारीले धुलाबारी माध्यमिक विद्यालय, कवि शिरोमणी मावि र संस्थाका सेयर सदस्यहरुको छोरा छोरीहरुलाई प्राथमिकतामा राखी कोचिङ कक्षा सञ्चालन गरिरहेको संस्थाका ब्यवस्थापक सरोज मेहराले जानकारी दिए ।

कोचिङ कक्षामा ४० विद्यार्थीको सहभागिता रहेको छ । गणित र अंग्रेजी विषयमा दुई वटा सेसन बिभाजन गरी बिहान र बेलुका कक्षा सञ्चालन हुने उनको भानाई छ । गृहलक्ष्मी साकोसको सभाहलमा सञ्चालन भइरहेको कोचिङ कक्षा गणित विषय शुमन बाँस्तोलाले र अंग्रेजी विषय भीम किसानले अध्यापन गराइरहेका छन् ।

सहकारीले १५ औं वार्षिक उत्सवको अवसरमा बिर्तामोड सेवा केन्द्र मार्फत आश्रममा बस्ने ज्येष्ठ नागरिकलाई पोषण कार्यक्रम सहित सम्मान, इटाभट्टा सेवा केन्द्र मार्फत निःशुल्क स्वास्थ्य शिविर, गाडागल्ली सेवाकेन्द्र मार्फत बच्चा र गाइनो सम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।