प्याब्सन मेचीनगर स्पोर्ट मीट : सबैभन्दा धेरै उपाधि थेसिसलाई
मेचीनगर । थेसिस इङलिस सकेन्डरी स्कूल मेचीनगर–३, वडाखालले मेचीनगर प्याब्सन स्पोर्ट मीटको सबैभन्दा धेरै उपाधी जित्न सफल भएको छ । मेचीनगर प्याब्सन आयोजनामा सञ्चालित खेलकुद उत्सवमा थेसिस चार बिधामा उपाधी जित्न सफल भएको हो ।
थेसिस इङलिस सकेन्डरी स्कूल मेचीनगर–३ ले छात्रा भलिवल, उत्कृष्ट छात्रा खेलाडी, हाइएस्ट स्कोररलगायतको उपाधी जित्न सफल भएको आयोजकले जनाएको छ ।

माघ ६ गते बाट शुरु भएको खेल उत्सव प्याब्सन मेचीनगरमा आवद्ध ३५ विद्यालय मध्ये २६ वटा विद्यालय सहभागि बनेका थिए । सहभागि विद्यालयका विद्यार्थीहरुले भलिवल, फूटवल, क्रिकेट, टि.टि, चेस जस्ता विद्याहरूमा आफ्नो प्रतिमा प्रस्तुत गरेका थिए ।
कार्यक्रम सम्पन्न भएसँगै प्याब्सनले हिमालयन एकाडेमी धुलाबारीमा औपचारिक कार्यक्रम गरेर बिभिन्न विद्यामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । प्याब्सनले प्रत्येक कार्यक्रम तथा प्रतियोगीतामा विद्यार्थी केन्द्रित पुरस्का समेत वितरण गर्दै आएको छ ।

प्यावसन मेचीनगरका अध्यक्ष डम्बर रूचालको सभापतित्वा तथा प्याव्सन प्रदेश सदस्य अजय आले मगर प्रमुख आतिथ्मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन प्याव्सन मेचीनगर सचिव नेत्र खतिवडाले गरेका थिए ।
मेचीनगर । मेचीनगर–७ इटाभट्टामा सञ्चालित झापा नेशनल स्कूलले...
धुलाबारी । मेचीनगरकै उत्कृष्ट मध्येको एक शैक्षिक गन्तव्य...
धुलाबारी । शैक्षिक क्षेत्रमा विस्तारै फड्को मार्दै गरेको...
मेचीनगर । पूर्वमै पहिलोपटक झापाको धुलाबारीमा कफी बनाउने...
मेचीनगर । प्राविधिक शिक्षण सिकाइमा अब्बल मेचीनगर–९ मा...
मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका...
धुलावारी । धुलावारी जेसिजको ४६औँ पदहस्तान्तरण कार्यक्रम सम्पन्न...
धाइजन । लायन्स क्लब अफ धाइजन चारआलीले यहाँका एक...