प्याब्सन मेचीनगर : झापा नेशनल स्कुललाई यु–१५ फुटबलको उपाधि
मेचीनगर । झापा नेशनल स्कुल मेचीनगर–७ ले यु–१५ फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । प्याब्सन मेचीनगरले आयोजना गरेको प्याब्सन मिट अन्तर्गत यु–१५ प्रतियोगिताको उपाधि हात पारेको हो । प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित खेलकुद उत्सव अन्तर्गत बुधबार भएको फाइनल खेलमा पूर्वाञ्चल इङ्लिस बोर्डिङ स्कुललाई १–० को गोल अन्तरले झापा नेशनल स्कुलले उपाधि जित्न सफल भएको विद्यालयका प्रध्यानाध्यापक कमल भेट्वालले जानकारी दिए । बिद्यार्थी खेलाडी र काेच लिम्बु मुन्ना साउदिनकाे निरन्तर मेहनतले याे उपाधी जित्न सफल भएकाे भेट्वालले बताए ।

माघ ६ गते बाट शुरु भएको खेल उत्सव प्याब्सन मेचीनगरमा आवद्ध ३५ विद्यालय मध्ये २६ वटा विद्यालय सहभागि बनेका थिए । सहभागि विद्यालयका विद्यार्थीहरुले भलिवल, फूटवल, क्रिकेट, टि.टि, चेस जस्ता विद्याहरूमा आफ्नो प्रतिमा प्रस्तुत गरेका थिए ।
कार्यक्रम सम्पन्न भएसँगै प्याब्सनले हिमालयन एकाडेमी धुलाबारीमा औपचारिक कार्यक्रम गरेर बिभिन्न विद्यामा उत्कृष्ट विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । प्याब्सनले प्रत्येक कार्यक्रम तथा प्रतियोगीतामा विद्यार्थी केन्द्रित पुरस्का समेत वितरण गर्दै आएको छ ।

प्यावसन मेचीनगरका अध्यक्ष डम्बर रूचालको सभापतित्वा तथा प्याव्सन प्रदेश सदस्य अजय आले मगर प्रमुख आतिथ्मा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन प्याव्सन मेचीनगर सचिव नेत्र खतिवडाले गरेका थिए ।
मेचीनगर । मेचीनगर नगरपालिकाले ३८ जना ज्यालादारीमा कार्यरत...
मेचीनगर । मेचीनगर क्षेत्रका निजी विद्यालयहरूले आफूहरूले कानुन...
काँकडभिट्टा । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा...
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...