मेचीनगरमा इन्डक्सन चुल्हो वितरण सुरू
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विधुतिय खाना पकाउने (इन्डक्सन चुल्हो) वितरण कार्य बिहिवारदेखि सुरू भएको छ । इन्भाइरोमेन्ट प्रोडक्सन सेन्टर नेपाल (इपिसि)को सहयोगमा वितरण हुने उक्त अभियानको उद्घाटन आज एक कार्यक्रमका बिच संविधान सभा सदस्य रविन कोइरालाले गरेका हुन् ।
मेचीनगर-८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य कोइरालाले आफ्नै देशमा भएको स्रोत साधानको उच्चतम् प्रयोग अहिलेको आवश्यकता रहेको भन्दै विद्युतीय चुल्होको प्रयोग गर्नु राम्रो कार्य रहेको बताए । साथै विद्युत उत्पादन गर्न सक्ने क्षमता नेपालम पर्याप्त रहेका बताउँदै उनले विद्युतीय चुल्होको प्रयोग उपयुक्त र प्रभावकारी हुने बताए ।

इपिसि नेपालले मेचीनगर क्षेत्रमा रहेका दुर्गेश्वरी कृषि सहकारी संस्था लि र संजिविनी महिला विकास संस्था मार्फत मेचीनगर ८ र ९ नं वडाका ४ सय घरलाई इन्डक्सन चुल्हो वितरणकार्य आजदेखि सुरू गरिएको दुर्गेश्वरी कृषि सहकारी संस्थाका कार्यवाहक अध्यक्ष सन्तोष मेचेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा आएको ४ सय इन्डक्सन चुल्हो मध्ये मेचीनगर ८ मा २ सय र ९ नं मा २ सय गरेर वितरण गिरने छ ।
बजार मुल्य १३ हजार ५ सय पर्ने इन्डक्सन चुल्हो, आवश्यक कुकर, कराई र प्लक समेत २ हजार ५ सयमा वितरण गरिरहेको सहयोगी संस्था इपिसि नेपालका रामप्रवेश शाहले बताए । उनले उक्त वितरण गरिएको इन्डक्सन चुल्हो प्राप्त गर्न अनिवार्य १६ एम्पियरको विद्युत हुनुपर्ने बताए ।

दुर्गेश्वरी कृषि सहकारी संस्थाका सचिव रेवन्तराज पोख्रेल (अर्जुन) ले सञ्चालन गरेको उद्घाटन शत्रको कार्यक्रममा प्रमुख अतिथि कोइरालासंगै मेचीनगर कार्यपालिका सदस्य तथा भौतिक पुर्वाधार विकास संयोजक चित्र धिमाल, पुर्व कार्यपालिका सदस्य टीका मग्रांन्ती, काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष गोविन्द गिरीलगायतको आतिथ्य रहेको थियो ।
बिर्तामोड । एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित...
मेचीनगर । मेचीनगर–९ स्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता...
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान...
झापा । झापाको मेचीनगर–१० धुलाबारीस्थित एक स्थानीय होटलमा...
धुलाबारी । नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रले...
धाइजन । लायन्स क्लब अफ धाइजन–चारआलिको आठौं साधारणसभा...

