प्रहरी दमन विरूद्ध मेचीनगरका कर्मचारी पनि आन्दोलित
मेचीनगर । काठमाडौँमा आन्दोलनमा गएका स्थानीय तहका कर्मचारीलाई प्रहरीले लछारपछार पार्दै कुटपिट गरेको विरूद्ध मेचीनगरका कर्मचारीहरु पनि आन्दोलित भएका छन् ।
सोमबार काठमाडौंमा सरकारले प्रहरी प्रशासन लगाएर आन्दोलनरत कर्मचारीमाथि दमन गरेपछि त्यसका विरुद्व नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरले विरोध जनाएको हो ।
कर्मचारी कुटपिट अन्त्य गर, कर्मचारी माथिको दमन बन्द गर भन्दै मंगलवार नगरपालिकाको मुख्य प्रवेशद्वार गेटमा विरोध कार्यक्रमको आयोजना गरेर नगरपालिका कर्मचारीले विरोध गरेको छ ।
कार्यक्रममा मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगरका निवर्तमान अध्यक्ष रविनसन थापा मगर, सल्लाहकार सदस्य जीवन भट्टराई र पवित्रा ढकाल लगायतले बोलेका थिए । उनीहरूले कर्मचारीहरूको जायज मागलाई राज्यस्तरबाट चाडैं सम्बोधन हुनुपर्ने धारणा राखे ।
सरकारले कर्मचारी, कर्मचारीवीच विभेद गरेको भन्दै अहिले देशैभर कार्यरत कर्मचारीहरू आन्दोलनरत छन् । स्थानीय तहमा कार्यरत कर्मचारीलाई सरकारले विभेद गरेपछि उनीहरू अहिले विभिन्न मागसहित आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति मेचीनगर सचिव आयुसमान निरौलाको अध्यक्षतामा आयोजना भएको विरोध कार्यक्रमको सञ्चालन सहसचिव नरमाया निरौलाले गरेकी थिइन् ।
मेचीनगर । इण्डो नेपाल मेचीनगर मिडिया कप २०८२को...
मेचीनगर । प्रेस क्लब मेचीनगरको आयोजना हुन गइरहेको...
मेचीनगर । झापाको मेचीनगर–४ बहुनडाँगी बजारमा चौथो अन्तर्राष्ट्रिय...
धुलाबारी । खुट्टिडाँगी सामुदायिक वन उपभोक्ता समूह तथा...
काँकरभिट्टा । पूर्वीनाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका...
मेचीनगर । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन मेचीनगरको...
धुलाबारी । विद्यार्थीको प्रतिभा उजागर गर्ने उदेश्यले आयोजित...
