‘बाहुनडाँगीको हात्ती समस्या समाधान गर्न’ राज्यले चाहेन
मेचीनगर । झापाको मेचीनगर १,२,३ र ४ नम्बर वडा (साबिक बाहुनडाँगी गाविस) क्षेत्रहरुमा हात्ती चर्ने, खेल्ने, रमाउने र उपध्रो गर्ने कार्य कुनै नौलो होइन् । यो क्रम बिगत पाँच दशक अघिदेखी निरन्तर चलिरहेको छ ।
त्यस्तो कुनै एक दिन नहोला जुन दिन बाहुनडाँगी क्षेत्रमा हात्तीले पाइला नटेकेको । भन्नुपर्दा अहिले बाहुनडाँगी अनि हात्ती पर्याय नै भइसकेका छन् । यस क्षेत्रमा जन्मेका शिशुहरुले समेत जनवारको पहिलो आवाजको रुपमा सायद हात्ती कै आवाज सुनेको हुनुपर्छ । यसलाई अझ सिधा अर्थमा भन्ने हो भने, दात नपलाएका देखि सबै दात झरेकाहरूसम्म सबैलाई यस क्षेत्रमा हात्तीको उपध्रोले पिडा दिएको छ ।
एउटा दुइवटा हात्ती त सामान्य हो बाहुण्डाँगीबासीका लागि । यहाँ त दैनिक सयौंको संख्यामा भारतबाट मेची खोला हुँदै हात्ती नेपाल प्रवेश गर्ने गर्दछन् । धेरै भयो यस क्षेत्रका स्थानीयबासी र हात्ती बिचको टकराब । तर, यसको समस्या समाधान अझैसम्म नभएको तितो यथार्थ जोकोही एक रात मात्रै पनि बाहुण्डाँगी क्षेत्रमा बास बस्नेले महशुस गर्नेछ । बर्षौ यहीँ क्षेत्रमा कर्मथलो बनाएर बस्नेको पीडाको त भनिसाध्य छैन ।
चुनाव आउँदैपिछे मुख्य मुद्धा बन्ने हात्ती समस्या चुनावको नतिजा आइसक्दा सेलाउने नियतीले यस क्षेत्रका बासीन्दालाई आजित पारेको छ । राज्य सञ्चाल गर्ने व्यक्तिहरुले वेवस्था गर्दा मानव हात्तीद्वन्द निरन्तर चलिरहेकै छ । यो अझै कति बर्ष चल्नेहो कुनै ठेगान छैन । किनकी यतीका समय बितिसक्दासम्म पनि झारो टार्ने काम बाहेक राज्यले केहीँ ठोस निकास निकाल्न सकेको देखिर्दैन ।
त्यसैले अहिले स्थानीय सरकारले जनताको समस्या समाधान गर्न माथिल्लो निकायलाई अनुनय विनय गरिरहेको छ । बिहिवार साझ मात्रै पनि विगत लामो समयदेखि मानव हात्तीद्वन्द न्युनिकर अभियान र पर्यटन प्रवर्द्धनमा जुटेका सामाजिक अभियान्ता समेत रहेका मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीसंग पत्रकार भन्दै जिल्ला भरका दुई दर्जन बढी पत्रकारलाई मेची नदिको किनारमा भेलापारेर जनताको समस्या उजागर गरेका छन् । उनले आफ्नो तहले भ्याएसम्म गरिरहेको भएता पनि त्यो पर्याप्त नरहेको बताउँदै बाहुण्डाँगीको हात्ती समस्या समाधान गर्न राज्य लाग्नुपर्ने बताउँछन् ।
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले...
मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा...
मेचीनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४...
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्टस् एशोसिएसन अन्तर्गत बागमती...
मेचीनगर । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर-२...
झापा । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलले आठ करोड...