दुर्गेश्वरी कृषि सहकारीको साधारणसभामा सम्मान

मेचीनगर । झापाको मेचीनगर-८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको शुक्रवार सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर सहकारी समिति संयोजक तथा बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराईले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईसहित मेचीनगर-८ का निवर्तमान वडाध्यक्ष विकेद्रकुमार धिमाल, वर्तमान वडा सदस्य कुन्दन निरौला, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष होम गुरूङलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बिन्ती बचत तथा ऋण सहकारी संस्थाका सह व्यवस्थापक तथा सृजना चोक सेवा केन्द्र प्रमुख किशोर उपरकोटी, जोरसिमल कृषि सहकारी संस्थाका प्रतिनिधि पवन ओलीलगायतको आतिथ्य रहेको थियो ।
अध्यक्षको प्रतिवेदन उपाध्यक्ष सन्तोष मेचेले प्रस्तुत गरेको कार्यक्रममा लेखा प्रतिवेदन लेखा समिति संयोजक लक्ष्मी मेचे र संस्थाको आयव्यय प्रतिवेदन व्यवस्थापक गंगाप्रसाद मेचेले प्रस्तुत गरेका थिए । संस्थाले साधारणसभाको अवसरमा विभिन्न व्यक्तिहरूलाई् सम्मान समेत गरेको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट किसान तर्फ अदालु मेचे, जेष्ठ नागरिक बचत कर्ता तर्फ अर्ज धिमाल र डम्बरकुमारी श्रेष्ठ, एकल महिला तर्फ पावरी राजवंशी, असल बचतकर्ता तर्फ कान्द्र मेचे र असल ऋणी तर्फ तिलारूपा पोख्रेललाई सम्मान गरेको छ ।
२०६५ सालमा २५ जनाबाट सुरू गरिएको सहकारी संस्थामा अहिले १८ सय ८५ जना शेयर सदस्य पुगिसकेका छन् । स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर कार्य सम्पादन गरिएको यस संस्थाको कुल कारोबार ५ करोड ३८ लाख २८ हजार ३३९ रूपैयाँ रहेको छ । संस्थाको अध्यक्ष खिला मेचेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सदस्य धनमाया मेचेले गरेकी थिइन् भने, कार्यक्रम सञ्चालन सचिव रेवन्तराज पोख्रेल (अर्जुन) ले गरेका थिए ।

काँकरभिट्टा । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० को मेचीनगर समितिको...

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगरको प्रथम अधिवेशनमा...

मेचीनगर । पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तीन दिने...

मेचीनगर । धरान सिटी एफसी सुनसरीलाई पराजित गर्दै...

मेचीनगर । धार्मिकरुपमा ऐतिहासिक स्थल रहेको चन्द्रेश्वर शिव...

झापा । मेचीनगर–७, इटाभट्टास्थित झापा नेशनल स्कूलले भारतमा...

काँकरभिट्टा । काँकरभिट्टाका सार्वजनिक जग्गाहरुको विषयमा बसेको सर्वदलीय...