दुर्घटना न्यूनिकरणका लागि झापा नेशनलले बनायो जेब्राक्रस
इटाभट्टा । सडक दुर्घटनालाई मध्यनजर गर्दै मेचीनगरको मुटु इटाभट्टामा जेब्राक्रस निर्माण गरिएको छ । मेचीनगर –७ इटाभट्टा पूर्व झापा नेशनल स्कुल जाने बाटोमा जेब्राक्रस निर्माण गरिएको हो ।
पूर्व पश्चिम राजमार्ग भएकाले अत्याधिक सवारी चापका कारण आवातजावतमा समस्या सिर्जना भएपछि जेब्राक्रस निर्माण गरिएको हो । राजमार्गको दक्षिण दिशामा विद्यालय भएका कारण आवातजावतमा समस्या भएको थियो । राजमार्ग दक्षिणमा रहेको झापा नेशनल स्कुलले आवातजावतमा सहजताका लागि जेबा्रक्रसको निर्माण गरेको हो । शुक्रबार झापा नेशनल स्कुलको आर्थिक सहयोगमा विद्यार्थी, शिक्षक, ट्राफिक प्रहरी, जनपथ प्रहरी,अभिभावक र पत्रकारको उपस्थितिमा जेब्राक्रसको निर्माण गरिएको थियो ।
जेब्राक्रस निर्माणले सडक पार गर्नलाई थप सजिलो भएको ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रमूख लिला कुमार श्रेष्ठले बताए । उनले विद्यालयले विद्यार्थी र अभिभावकको सुरक्षाका लागि जेब्राक्रस निर्माण गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । उनले सडक सुरक्षामा स्कुलले देखाएको भूमिका प्रति खुसी व्यक्त गर्दै सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा निर्माण भएको जेब्राक्रस बाट मात्र राजमार्ग पार गर्न अनुरोध गरे ।
जेब्राक्रस निर्माण कार्यक्रममा इलाका प्रहरी कार्यलय काँकरभिट्टाका प्रतिनिधि, प्रहरी बिट इटाभट्टाका प्रमूख हेम भुजेल, काँकरभिट्टा ट्राफिक प्रहरी प्रकाश अधिकारी, झापा नेशनल स्कुलका संस्थापक कमल भेट्वाल, अनुप कुमार सुवेदीलगायतको उपस्थिति रहेको थियो ।




मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...
धुलाबारी । इस्ट होराइजन इङ्लिस हाई स्कुल र...
बिर्तामोड । झापाको मेचीनगरमा आजदेखि प्रथम चारआली गोल्डकप...
धुलाबारी । मेचीनगर–१० स्थित सामाजिक मेलमिलाप समाज नेपालको...

