कालिका सिमसारमा छाडियो १३ हजार माछाका भुरा

मेचीनगर । कालिका सामुदायिक वन उपभोक्ता समुह मेचीनगर १२ परिषरमा रहेको सिमसारमा प्राकृतिक जलाशाय अनुकुल हुर्कने जातका माछाका भुरा छोडिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाको बार्षिक ‘प्राकृतिक जलाशायमा माछाका भुरा छोड्ने’ कार्यक्रम अन्तर्गत सोमबार कालिका सिमसारमा माछाका भुरा छोडिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुर झापाकी कार्यालय प्रमुख शितल भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिमसार क्षेत्रमा १३ हजार माछाका भुरा छोडिएको छ ।
सिमसारमा छोडिएको उक्त माछालाई अरु माछालाई जस्तो हेरचाह गर्न नपर्ने, आहारको व्यवस्था गर्न नपर्ने, जलाशायमा आफै हुर्कने भएका कारण यस माछा प्राकृतिक जलाशाय क्षेत्रमा छोडिएको उक्त कार्यालयकी प्रमुख भट्टराईले बताउनुभयो ।
जलाशालयहरुमा पहिला जस्तो माछा पाइन छोडेको जनाउँदै उहाँले जैविक विविधता बाचइराख्न यस कार्यक्रम आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा मेचीनगर ११ र १२ का वडाध्यक्ष रुद्र डाँगी, मधुसुदन निरौला, कालिका सामुदायिक वनका अध्यक्ष योगेश भट्टराई, मेचीनगर पशु सेवा शाखा प्रमुख छत्र कुलुङ लगायतको आतिथ्यता रहेको थियो ।

मेचीनगर । इस्ट होराइजन अंग्रेजी मावि मेचीनगर–१० धुलाबारीले...

मेचीनगर । झापाको मेचीनगर–७ इटाभट्टामा पहिलो पटक साप्ताहिकरुपमा...

चारआली । करिव तीन दशकदेखि ञशव दाहसंस्कारझअन्त्येष्टि कर्म...

मेचीनगर । मेचीनगर-७ स्थित ईटाभट्टामा भोलि ९बुधबार० देखि...

मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी...

मेचीनगर । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले...

मेचीनगर । मेचीनगर–७ स्थित मदन वस्तीकी रीता राजबंशी...