काँकरभिट्टा खानेपानी : धारामा लेदो पानी आउँदा उपभोक्ता मारमा
मेचीनगर । खानेपानीको धारामा लेदो सहितको फोहोर पानी आएपछि उपभोक्ता फोहोर पानी पिउन बाध्य भएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था मातहतका उपभोक्ताका धारामा आज विहानदेखि नै लेदो सहितको फोहोर पानी आइरहेको छ । जसले गर्दा उपभोक्ता दुषित पानी पानी पिउन बाध्य भएका हुन् ।

जुन विषयमा जानकारी लिँदा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले गएराति इटाभट्टाबाट माथिल्लो क्षेत्रमा पाइप फुटेकाले धारामा फोहोर पानी आएको हुनसक्ने बताए । सँगै बर्षासँगैको चट्याङले ट्यांकीमा असर परेकाले पनि पानी फोहोर आइरहेको उनको भनाई छ ।
अहिले विभिन्न स्थानबाट फोहोर पानी वासआउट गर्ने काम भइरहेको र अबको एक घण्टामा सबै धारामा सफा पानी आउने अध्यक्ष पराजुलीको भनाइ छ ।
मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालय, शिक्षक/कर्मचारी तथा विद्यार्थी...
बिर्तामोड । झापाको बिर्तामोड-२ मा अवस्थित निदि अंग्रेजी...
मेचीनगर । मेचीनगर–७ सतिघट्टाको भित्री सडकमा आज अपराह्न...
मेचीनगर । मेचीनगर–७ स्थित सतिघट्टा बगान क्षेत्रमा होलिबेल...
बाहुनडाँगी । मेचीनगर नगरपालिकाले नगरका १७ वटा सामुदायिक...


