काँकरभिट्टा खानेपानी : धारामा लेदो पानी आउँदा उपभोक्ता मारमा

मेचीनगर । खानेपानीको धारामा लेदो सहितको फोहोर पानी आएपछि उपभोक्ता फोहोर पानी पिउन बाध्य भएका छन् । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था मातहतका उपभोक्ताका धारामा आज विहानदेखि नै लेदो सहितको फोहोर पानी आइरहेको छ । जसले गर्दा उपभोक्ता दुषित पानी पानी पिउन बाध्य भएका हुन् ।
जुन विषयमा जानकारी लिँदा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले गएराति इटाभट्टाबाट माथिल्लो क्षेत्रमा पाइप फुटेकाले धारामा फोहोर पानी आएको हुनसक्ने बताए । सँगै बर्षासँगैको चट्याङले ट्यांकीमा असर परेकाले पनि पानी फोहोर आइरहेको उनको भनाई छ ।
अहिले विभिन्न स्थानबाट फोहोर पानी वासआउट गर्ने काम भइरहेको र अबको एक घण्टामा सबै धारामा सफा पानी आउने अध्यक्ष पराजुलीको भनाइ छ ।

मेचीनगर । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख,...

झापा । जिल्ला प्रशासन कार्यालय झापाले जेनजी आन्दोलनको...

काठमाडौँ । ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा...

काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको...

बाहुनडाँगी । चिया संसार प्रालि बाहुनडाँगीले आयोजना गरेको...