किसानलाई ‘बीमा’ गरिदिने नगरपालिकाको तयारी
मेचीनगर । मेचीनगरबासीले अब चाडै नै कृषि बीमा, पशु बीमा र जंगली जनवारबाट हुने क्षतिको बीमा पाउने भएका छन् ।
नगरबासीले विगत लामो समयदेखि ठुलो समस्या झेल्दै आएको बिषयलाई मध्यनजर गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कृषि बीमा, पशु बीमा र जंगली जनवारबाट हुने क्षतिको बीमा कार्यक्रम लागु गर्न सरोकारवाला निकायसँग आवश्यक छलफल अघि बढाएका हुन् ।
मेचीनगरमा किसान र कृषि क्षेत्रमा आबद्ध हुनेको संख्या बढी छ । उनीहरुले विभिन्न कारणले कृषि क्षेत्रमा क्षति व्यहोर्नु परिरहेको भए पनि अब कृषि बीमा वापत उनीहरुले राहात पाउने नगरप्रमुख बुढाथोकीले बताए ।
उनले मेचीनगर क्षेत्रमा हुने हात्ती, बादर, स्याल लगायतका जंगली जनावरबाट हुने क्षतिको क्षतिपूर्ती वापतको बीमा उपलब्ध गराउँन सके नगरबासी केहि हदसम्म समस्याबाट मुक्त हुने दावी गरे ।
नगरप्रमुख बुढाथोकीको समन्वयमा विहीबार नगरपालिकाको सभाहलमा उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेश पराजुली, विभिन्न वडाका वडाध्यक्ष, कार्यापालिका सदस्य लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थितिमा नेको इन्स्योरेन्सका प्रतिनिधिसँग कृषि बीमा, पशु बीमा र जंगली जनवारबाट हुने क्षतिको बीमा सम्बन्धि छलफल सम्पन्न भएको नगरपालिकाका खाद्य विश्लेषक दिपेन्द्र कार्कीले बताए ।
काँकरभिट्टा । पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको आपसी...
मेचीनगर । तेस्रो मेचीनगर अन्तर विद्यालय स्तरीय फुटबल...
आदर्श माविले जित्यो भलिबल प्रतियोगिता काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न...
मेचीनगर । झापामा दुई ठुला राष्ट्रिय गौरवका आयोजनाहरु...
मेचीनगर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक...
मेचीनगर । झापा मेचीनगर-१० को महालक्ष्मी कृषि सहकारी...

