होराइजनमा कक्षा–२ सम्म विना पाठ्यपुस्तक पढाई हुने
मेचीनगर । धुलाबारीको इस्ट होराइजन माविमा विना पाठ्यपुस्तक सहितको अध्यापन गराइने विषयमा दुईदिने तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई स्थानीय श्रोत र साधानको प्रयोगबाट नै जीवन उपयोगी शिक्षा, सिपमुलक र आयआर्जन मुलक शिक्षा दिन सकिन्छ भन्ने उद्देश्यले काठमाडौँबाट आएका विज्ञहरुबाट सो तालिम दिइएको हो ।
शिक्षामा कितावी ज्ञान मात्र नभएर जीवन जीउँने कला, सृजनात्मक अभ्यासलगायत व्यवहारिकीकरण गर्नका लागि यसवर्षबाट विद्यायलमा बाल शिक्षादेखि कक्षा–२ सम्म विना पाठ्यपुस्तक सहितको कक्षा सञ्चालन गरिएको प्रिन्सिपल सञ्जिव राईको बताए । शिक्षक आफैले शिक्षण सामाग्री निर्माण गरी बालबालिकालाई आवश्यक पाठ्यपुस्तक पढाउने अभ्यास भइरहेको उनको भनाई छ ।
बालबालिकालाई विद्यालय जाँदा पुस्तकको भार बोकाइरहेको आरोप लागिरहेको बेला अबदेखि यस्तो प्रकारको अभ्यासले कितावको बोझ हट्ने विश्वास गरिएको छ । सरकारको मापदण्डलाई पालना गर्दै विशेष किसिमको पाठ्यपुस्तक निर्माण गरी बालबालिकालाई सहजरुपमा पढाउन कार्यक्रमकी सहजकर्ता एवम् प्रशिक्षक प्रतिक्षा गौतमको सहकार्य रहने राईले जानकारी दिए ।
करिव दुई वर्षको तयारीमा सहजकर्ता गौतम र कल्पवृक्ष एजुकेशन फाउण्डेशनको सहकार्यमा बालबालिकालाई यसरी पढाउन सहमत भएको शिक्षक विकास ग्वालले बताए । विद्यालयको सभाहलमा आयोजना भएको तालिममा नर्सरीदेखि कक्षा २ सम्मका २० जना शिक्षक–शिक्षिकाहरुको सहभागिता रहेको थियो । प्रिन्सिपल राईको अध्यक्षतामा तालिम सम्पन्न भएको थियो ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
