मेचीनगरमै खुल्यो सुविधा सम्पन्न रिकण्डिसन एण्ड सर्भिस सेन्टर
मेचीनगर । मेचीनगर–७ स्थित आयाबारीमा सुविधा सम्पन्न ‘माई वल्र्ड रिकण्डिसन एण्ड सर्भिस सेन्टर सञ्चालनमा आएको छ ।
मेचीनगरका–६ का युवा नेता ओमप्रकाश खापुङसहित नारायण लिम्बू र रसाइली ब्रदर्श परिवारको करिब २ करोड लगानीमा खुलेको रिकण्डिसन एण्ड सर्भिस सेन्टरको उद्घाटन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका छन् ।
सोमबार रिकण्डिसन हाउसको मूल गेटमा टाँगिएको रिवन काटेर तथा दिप प्रज्वलन गरेर सर्भिस सेन्टरको उद्घाटन गरिएको छ । सो अवसरमा प्रमुख अतिथि बुढाथोकीले सुविधासम्पन्न रिकण्डिसन एण्ड सर्भिस सेन्टरको सञ्चालनले मेचीनगरवासीलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । ‘राम्रो र सस्तो सर्भिस पाउने आशामा मेचीनगर तथा छिमेकी पालिकाबाट हजारौं सवारी सर्भिसिङका लागि पानीट्यांकी जाने गरिएको छ,’ उनले भने, ‘यसबाट हामी ठगिएको मात्र छैनौं, हामो ठूलो रकम बाहिरिँदैछ ।’ उनले अब सवारी सर्भिसको लागि भारतीय बजार तथा टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि मेचीनगर–७ का वडाध्यक्ष प्रलादमणि ओलीले प्रत्येक वडामा यस किसिमको रोजगारी सिर्जना हुने खालका उद्योग धन्दा र व्यवसाय सञ्चालन गर्न सके नगरको विकासमा सहयोग पुग्ने बताए । सो अवसरमा मेचीनगर–६ का वडाध्यक्ष ललित बहादुर तामाङ, सुरेन्द्र बुढाथोकी, बालाजित राई, बसन्त तिवारी९बुद्ध०, माधव अर्याल, सुशील आचार्य, हर्क फ्याक, प्रेस क्लव मेचीनगर अध्यक्ष डम्बर बराल, सुकमाया, लिम्बू, जितबहादुर लावतीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
रिकण्डिसन एण्ड सर्भिस सेन्टरका सञ्चालक ओम प्रकाश खापुङले आर्थिक उपार्जनको लागि मात्र नभएर समाजमा रोजगारी समेत सिर्जना गर्न आफूहरुले कम्पनी दर्ता गरेर रिकण्डिसन सेन्टर सञ्चालन गरेको बताए । ‘समाजमा बेरोजगार तथा आर्थिक रुपमा कमजोर दक्ष युवालाई हामी सिटी सफारी खरिद गरेर दिनेछौं,’ उनले भने, ‘यसले थप रोजगारी सिर्जना हुन्छ तर व्यक्ति इमान्दार हुनुपर्छ ।’
रिकण्डिसन हाउसले १५ जना युवालाई प्रत्यक्ष रोजागरी समेत दिएको उनले बताए । रिकण्डिसन एण्ड सर्भिस सेन्टरमा बाइक स्कुटी र चारचक्के साना गाडीको छिटो र भरपर्दो तरिकाले सर्भिसिङ सेवा दिइने छ । सर्भिस सेन्टरका सञ्चालक नारायण लिम्बूको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत तथा सञ्चालन ओमप्रकाश खापुङले गरेका थिए ।
काँकडभिट्टा । इन्डो–नेपाल मेचीनगर मिडिया फुटबल कप प्रतियोगिताबाट...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा ‘धाइजन–चारआली...
मेचीनगर। मेचीनगर–३ वडा कार्यालय अन्तर्गतको खेलकुद समितिको आयोजनामा...
मेचीनगर । लाइन काटेको झ्वाकमा विद्युत्तका कर्मचारीमाथि कुटपीट...
ईटाभट्टा । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले लागूऔषधका...
मेचीनगर । मेची उद्योग वाणिज्य संघको आगामी नेतृत्वका...
चारआली । झापाको धाइजन–चारआली फुटबल क्लबको आयोजनामा धाइजन–चारआली...
